कनकाई अनलाईन
कनकाई नगरपालिका ५ का सामाजिक कार्याकर्ता तथा बाटो निर्माण समितिका अध्यक्ष हरि सेलवालमाथि ढुङ्गा प्रहार भएको छ ।
स्थानीय ओम पराजुली र उनका परिवारका सदस्यहरुले मिलेर बाटोको विवादका कारण ढुङ्गा प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।
सेलवाल अध्यक्ष रहेको समितिले सो क्षेत्रमा नगरपालिकाको लगानीमा बाटो निर्माण गरिरहेको थियो । ढुङ्गा प्रहार बाट सेलवालको टाउको फुटेको छ ।
सेलवाललाई हाल विएण्डसी हस्पिटलको आइएसडियु कक्षमा उपचार भइरहेको कनकाई नगरपालिका ५ का वार्डध्यक्ष कृष्णबहादुर राईले बताउँनुभयो । आक्रमणमा संग्लन ओम पराजुली सहित परिवारका ४ जना सदस्यलाई पक्राउ गरिसकिएको र हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो घटना सोमवार विहान ६ बजेको हो ।