केशब चापागाईं
झापा,चैत ५।पछिल्लो समय झापा गाउँपालीका वडा नं ६ का किसानहरु सामुहिक खेतीमा अग्रसर भएका छन।
भृकुटी चौकका किसानहरुले नव जागृती कृषक समूह गठन गरेर सामुहिक खेती गरेका हुन।स्थानिय ज्ञानी उप्रेतीको जग्गा भाडामा लिएर सामुहिक खेती गरिएको नव जागृती कृषक समूहका अध्यक्ष खड्ग प्रसाद दंगालले बताए।
समूहले बर्खा याममा धानको बीउ उत्पादन र हिउँदमा मकै उत्पादन गर्ने गरेको छ।गत बर्खामा १६० मन धानको बीउ उत्पादन गरिएको समूहका सदस्य चन्द्रबहादुर कार्कीले बताए।
समूहले बिगत दुई बर्ष देखि दुई बिघा क्षेत्रफल जग्गामा सामूहिक खेती गर्दै आएको छ।चौध जना सदस्य रहेको समूहले आगामी दिनमा खेती बिस्तार गरेर पाँच बिघा क्षेत्रफलको जग्गामा खेती गर्ने योजना बनाएको छ।आगामी दिनमा खेतीबाट आम्दानी भएको रकमबाट सामूहिक कृषि यन्त्र खरिद गर्ने योजना रहेको अध्यक्ष दंगालले बताए।