केशब चापागाईं
झापा,चैत्र ३।झापा गाउँपालीकाको सिमा लसुनामा रहेको हेल्थ डेक्सले अहिले सम्ममा सिमा वारीपारी गर्ने ३९९ जना मानिसलाई चेक जाँच गरिसकेको छ।
हेल्थ डेक्सले वारीपारी गर्ने ३९९ ब्याक्तीलाई चेकजाचँ गरीरहदा कुनै पनि ब्याक्तीमा कोरोना संक्रमण नरहेको झापा गापाका स्वास्थ शाखाका प्रमुख लक्षमण बिकले बताए।
सो हेल्थ डेक्स गत फागुन २५ गते नेपालको दक्षिणी सिमाना भारतको दिघलबैङ्क नाकामा पर्ने लसुनामा स्थापना गरिएको थियो।बिश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको संक्रमण नेपालमा आउन नदिन झापा गापाले पनी उच्च सतर्कता अपनाएको हो।