कनकाई अनलाईन
सुरुङ्गा । कनकाई साप्ताहिकको सहप्रकाशन कनकाई अनलाईनको प्रधान सम्पादकमा चर्चित अनलाईनकर्मी तथा युट्युुुबर केशव चापागाई नियुक्त हुनुभएको छ ।
कनकाई साप्ताहिकका प्रकाशक लीलाराज झापालीले विशेष कार्यक्रमका विच चापागाईलाई स्वागत गर्नुभएको छ । चापागाई विगत १० बर्षदेखि अनलाईन पत्रिकाका विदेश विभाग प्रमुखका रुपमा काम गर्दै आउनुभएको थियो । झापा गाउँपालिका ६ शरणामती निवासी चापागाई चर्चित युट्युवर समेत रहनुभएको छ ।
उहाँ अनलाईन जनताको टिभीका प्रमुख समेत रहनुभएको छ । चापागाईँको आगमनले अनलाईन र कनकाई साप्ताहिकले थप नयाँ उचाई लिने प्रकाशक झापालीले बताउँनुभयो । चापागाईलाई कनकाई साप्ताहिकको समेत कार्याकारी सम्पादकको जिम्मेवारी दिइएको छ । कनकाई साप्ताहिक यस क्षेत्रको एकमात्र प्रतिनिधिमुलक समाचार पत्रिका हो । प्रेस काउन्सिलमा ख वर्गमा वर्गिकृत यस अखबार आगामी दिनमा देशकै उत्कृष्टभित्र पार्न समेत चापागाईँको नेतृत्वले काम गर्ने विश्वास कनकाई टिमले लिएको छ ।