Kanakai Online

चन्द्रज्योती एसईईका विद्यार्थीलाई भव्य विदाई


बिहिवार, फागुन २९, २०७६ |

कनकाई अनलाईन
झापा गाउँपालिका ६ शरणामतीको चन्द्रज्योती माविका यस शैक्षिक सत्रका एसईईका विद्यार्थीलाई भव्य विदाई गरिएको छ ।
चन्द्रज्योती माविमा कक्षा ९ मा अध्यायनरत् विद्यार्थीहरुको आयोजनामा गरिएको विदाई कार्यक्रममा विद्यालयको आठौ व्याजका रुपमा २०७६ सालको एसईई परिक्षामा सामेल हुने ५१ जना विद्याथीहरुलाई विद्यालयका संस्थापक गजेन्द्र ताम्ली, पिन्सिपल योगेन्द्र ताम्ली, विद्यालयका अभिभावक संघका अध्यक्ष कमल गनगाँई, विद्यालयका शिक्षक तुलाराम बस्नेत लगायातले विद्यार्थीहरुले राम्रो परिक्षा लेखेर देश र आफ्नो ठाउँको नाम र गरिमा राख्न शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आआफ्नो गित , नृत्य तथा कविता भनेका थिए ।

दक्षिणी झापाको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा मानिदै आएको यस विद्यालयको अघिल्ला शैक्षिक सत्रहरुमा समेत उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

सम्बन्धित खबर