Kanakai Online

सिमामा झापा गाउँपालीकाले राख्यो हेल्थ डेक्स (भिडियो रिपोर्ट सहित)


आइतवार, फागुन २५, २०७६ |

भिडियो रिपोर्ट


केशव चापागाईँ
विश्वव्यापी माहामारीका रुपमा रहेको नोभल कोरोना भाइरसको सचेतनाका लागि नेपाल भारत सिमास्थित झापा गाउँपालिका १ कुमरखोदमा स्वास्थ्य हेल्थ डेस्क खडा गरिएको छ ।
झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवि वुडाथोकीले विशेष कार्यक्रमका विच सो हेल्थ डेस्कको समुदघाटन गर्नुभयो ।

नजिक्कैको भारतीय बजार डिघलबैँकमा हप्ताको दुईदिन आइतबार र बिहीवार हटिया लाग्ने र सो दिन दैनिक ५ हजार भन्दा वढी मानिसहरु नेपालभारत वारीपारी गर्ने गरेको झापा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन निरौलाले बताउँनुभयो । नेपाल भारत सिमासगै रहेको कुमरखोद छोटी भन्सार अगाडि राखिएको सो स्वास्थ्य हेल्थ क्याम्पमा चेकजाँचमा रहनुभएका शसस्त्र तथा जनपद प्रहरीको टोलीले शंका लागेका नागरिकलाई सोझै हेल्थ क्याम्पमा पठाउने र त्यहा रहनुभएका स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरि शंका लागेमा तुरुन्त एम्बुलेन्समा राखि नजिक्कै रहेको अस्पतालमा भर्ना गरिने झापा गाउँपालिका स्वास्थ्य साखाका प्रमुख लक्ष्मण विकले बताउँनुभयो ।

यसैविच भारतको डिघलबैँक क्षेत्रमा समेत भारतीय स्वास्थ्य कर्मीले नेपालबाट भारततर्फ जाने नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य हेल्थ डेक्स राखेर चेकजाँच गरिरहेको कुमरखोद स्वास्थ्य अधिकृत श्यामकुमार न्यौपानेले बताउँनुभयो । यो हेल्थ डेक्सको स्थापनाले कोरोना सचेतनाको साथमा सम्भावित दुर्घटनालाई रोक्ने प्रमुख प्रसाककिय अधिकृत निरौलाले बताउँनुभयो ।

सम्बन्धित खबर