Kanakai Online

महिला कपको उपाधि कनकाईको पोल्टामा


आइतवार, फागुन २५, २०७६ |

लीलाराज झापाली
झापाको कनकाई नगरपालिकामा भएको पाचौँ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई खेलकुद प्रतिष्ठानको टिमले जितेको छ । कनकाई महिला टिमले यो सिजनमा जितेको यो दोस्रो उपाधि हो । यसअघि महिला टिमले बिर्तामोडको प्रदेश नम्बर एक स्तरीय महिला गोल्डकपको उपाधि जितेको थियो ।


अन्तराष्ट्रिय नारी दिवशको अवशरमा कनकाई माविको खेल मैदानमा भएको फाइनल खेलमा पारिजात महिला फुटबल क्लव अर्जुनधारालाई १—० गोल अन्तरले पराजित गर्दै कनकाई महिला टिमले उपाधि जितेको हो । कनकाईले नगद ६० हजार रुपैँया प्राप्त गर्दा उपबिजयी हुने पारिजात महिला फुटबल क्लवले नगद ३५ हजार रुपैँया प्राप्त गर्यो । बिजयी टिमको लागि एकमात्र निर्णायक गोल खेलको ४१ औ मिनेटमा टिम क्याप्टेन लक्ष्मी श्रेष्ठले गर्नुभयो । प्रतियोगितामा कनकाईले पाएका एक पेलान्ती सुट सहित आधा दर्जन अवशरहरुमा गोल गर्न नसक्दा कनकाई झिनो अन्तरको जित निकालेको थियो ।


प्रतियोगिताको सर्वोकृष्ट खेलाडी आयोजककी सुस्मिता चौधरी हुनुभयो । उहाँले नगद ३ हजार रुपैँया पाउनुभयो । यसैगरि प्रतियोगिताको प्लेयर अफ द म्याच आयोजककै लक्ष्मी श्रेष्ठ हुनुभयो । उहाँले नगद २ हजार रुपैँया प्राप्त गर्नुभयो ।


प्रतियोगितामा बिजयी तथा उपविजयी हुने टिमलाई प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, कनकाई नगरपालिका वार्डध्यक्ष रोषनराज पोखरेल कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, कनकाई खेलकुद प्रतिष्ठानका सल्लाहकार टिका लामिछाने, इलाका प्रहरी कार्यालयका प्रमुख पदमसुन्दर लिम्बु, कनकाई खेलकुद प्रतिष्ठानका पुर्वअध्यक्ष दुर्गा प्रसाई , प्रतियोगितकी खखेल संयोजक अम्बिका खरेल लगायातले नगद तथा ट्रफि प्रदान गर्नुभयो । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा झापाका ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानका आयोजना तथा कनकाई नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतिष्ठानका अध्यक्ष दिनानाथ खतिवडाले बताउँनुभयो ।
तस्वीर ः ट्रफिका साथ कनकाई खेलकुद प्रतिष्ठानका बिजयी खेलाडी तथा प्रशिक्षक

सम्बन्धित खबर