Kanakai Online

कनकाईको महिला टिम उपाधि नजिक


आइतवार, फागुन २५, २०७६ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा जारी पाँचौ महिला फुटबल प्रतियोगिताको उपाधिका लागि कनकाई नगरपालिकाको महिला टिमले आज झापाको अर्को सशक्त टिम पारिजात फुटबल क्लव सग खेल्दै छ ।
यो प्रतियोगितामा कनकाई मात्र एउटा यस्तो टिम हो । जसको आफु एक गोल पनि नखाई विपक्षिको गोलपोष्टमा १२ गोल गरि सकेको छ । कनकाईले आफ्नो पहिलो खेलमा दमक नगरपालिकाको महिला टोलीलाई ७—० गोलको हार चखाईसकेको छ भने दोस्रो सेमिफाईनलको खेलमा खुदुनावारीको जुनतारा महिला टिमलाई समेत ५—० गोल अन्तरको फराकिलो जित दर्ता गर्दै आफ्नो उपाधि होडमा अब्बल देखिएको छ । त्यसो त झापामै जारी सुखानी गोल्डकपमा समेत कनकाईले आफुले खेलेका दुबै गोलमा ईलामलाई २—० र उदयपुरको सशक्त महिला टिमलाई समेत २—१ गोल अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश पाई उच्च मनोबलका साथ मैदानमा उत्रदैछ ।
आजको उपाधि जितेमा कनकाई महिला फुटबल टिमले यो सिजनमा लगातार २ उपाधि जित्नेछ । भने सुखानी गोल्डकप पनि उचालेमा उपाधिमा ह्रयाट्रिक गर्ने छ । कनकाईको महिला टिमले यसअघि बिर्तामोडको डोमालाल रङ्गशालामा भएको महिला गोल्डकपको उपाधि सगै एक लाख १ हजार नगद जितिकसकेको छ ।
आज कनकाई माविको खेल मैदानमा दिउसो २ बजे हुने फाईनल खेलमा अर्को प्रतिस्पर्धी टिम पारिजात महिला टिमले आफ्नो पहिलो खेल पाथिभरा महिला टिम कचनकवल र दोस्रो खेल शिवसताक्षीको महिला टिमलाई समान १—० गोल अन्तरले हराउदै फाईनलको कठिन यात्रा तय गरेको हो ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा बिजयी र उपबिजयी हुने टिमले नगद ६० हजार र ३५ हजार तथा अन्य विधागत खेलाडीहरुले नगद र ट्रफि पाउने आयोजक समितिकी खेल संयोजक अम्बिका खरेलले बताउँनुभएको छ ।

सम्बन्धित खबर