Kanakai Online

बहिरा विद्यार्थीसग कनकाई लायन्यसको होली मिलन


शनिवार, फागुन २४, २०७६ |

कनकाई अनलाईन
भनिन्छ नी जसको कोही छैन त्यसको साथमा भगवान हुन्छ रे । हो यहाँ कनकाई माविका विशेष (बहिरा) विद्यार्थीका लागि पनि कनकाई लायन्स भगवान बन्ने गरेको छ । त्यो पनि निरन्तर ४ बर्षदेखि । कनकाई माविका विशेष शिक्षा ( बहिरा ) विद्यार्थीसग कनकाई लायन्स क्लवले आज सुरुङ्गामा एकआपसमा खुसी साटासाट गर्दै यस बर्षको होली पनि धुमधामका साथ मनाएका छन ।

कनकाई लायन्सका ३५ जना सदस्यले आफुले दैनिक हुने चियापान खर्चलाई कटौटी गरि कनकाई माध्यमिक विद्यालयमा अध्यानर्त २२ जना विद्यार्थी जो छात्रवासमा रहने गरेका छन । उनीहरुसग मिलेर होली मनाएका हुन । ससाना कुराले पनि खुसी दिने भन्दै खुसी खोज्न अन्यत्र जानु नपर्ने होली मिलन कार्यक्रम मनाएपछि लायन्स क्लव कनकाईका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउँनुभयो ।

लायन्सले विगत ४ बर्षदेखि यसरीनै बहिरा विद्यार्थीलाई खुसी बनाएर होलीमिलन कार्यक्रम गर्दै आएको चिमरियाले बताउँनुभयो । सामान्य रङ्ग दलेपछि लायन्सले विद्यार्थीलाई मिठो खानेकुराको साथमा स्कुल पोशाक र स्टेशनरी सामाग्रीहरु बितरण गरेको थियो ।
लायन्यसका अध्यक्ष गंगाराम दाहालले लायन्सले बार्षिक क्यालेन्डर बनाएर होलीमिलन, अपाङ्गलाई व्हील चेयर बितरण , स्वास्थ्य शिविर, विद्यालयमा जाडोको कपडा वितरण लगायातका कामहरु गर्दै आएको बताउँनुभयो ।
कनकाई माविका बहिरा(विशेषका) विद्यार्थीलाई वेलावेलामा लायन्सबाटै निशुल्क स्वास्थ्य जाँच समेत गरिने गरिएको लायन्स गंगाराम गजुरेल संजयले बताउँनुभयो ।

सम्बन्धित खबर