कनकाई अनलाईन
झापाको बिर्तामोडमा आजबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगिता २०७६ शुरु भएको छ ।
स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारा सहित शुरु भएको प्रतियोगितामा २४ टिमले भाग लिएका छन् ।
लायन्स क्लव अफ अनारमनीको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको उद्घाटन लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान एरिया चिफ लीला चिमरियाले उद्घाटन गरेका छन् ।
लायन्स क्लव अफ अनारमनीका अध्यक्ष शैलेन्द्रकुमार कुरुङ्वाङ्गको अध्यक्षतामा भएको उद्घाटन सत्रमा खुल्ला डबल र खल्ला भेट्रानमा २४ टिमले प्रतिष्पर्धा गरेका छन् ।
आइतवार क्वाटर र सेमी फाइनलका खेल हुने बताइएको छ । व्याडमिन्टन खेलाडी उत्पादन गर्ने, युवालाई दुव्र्यसनीबाट मुक्त राख्ने, व्याडमिन्टन खेलको प्रचार गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कुरुङ्वाङ्गले बताएका छन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका अतिथि समेत रहेका लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान एरिया चिफ चिमरियाले लायन्सले सामाजिक कामसंगै अन्य सकारात्कम काम पनि गर्दै आएको बताएका छन् ।
मानिसलाई स्वास्थ्य रहन खेलकुद महत्वपूर्ण रहने भएकाले यस खाले प्रतियोगिता हुन आवश्यक रहेको बिर्तामोड निवासी सञ्जीव घिमिरेको भनाई छ ।
फागुन २६ गते समापन हुने प्रतियोगिता बिर्ता व्याडमिटन क्लबको कवडहलमा भइरहेको छ । प्रतियोगिताका खुल्ला डवलका विजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र तेस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै भेट्रान डवलका विजेताले नगद १५ हजार र उप विजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन सत्रमा लायन्स मिनप्रकाश मैनाली, रविन्द्र भट्टराई लगायतले धारणा राखेका थिए ।


