Kanakai Online

रानीवनको १८ औ सभा


शनिवार, फागुन २४, २०७६ |

केशव चापागाईं

झापा,फागुन २३।झापा गाउँपालीकामा रहेको रानी सामुदायिक वन उपभोक्ता समितिको १८ औं साधारण सभा गत सुक्रबार भब्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा रानी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नरेन्द्र आङदम्बेको सभापतित्व तथा झापा गापा(३ का वडाध्यक्ष मोतीलाल गणेश,झापा गापा(६ का वडाध्यक्ष हरी बाहादुर बानियाँ,झापा गापा(७ का वडाध्यक्ष धुर्व उप्रेती,जामुनखाडी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष खेम प्रसाद सिटौला ,जेष्ठ नागरिक संघ झापा गापाका संयोजक गोपाल प्रसाईं,नेपाली कांग्रेस झापा गापाका सभापती मोहन मिश्र,सामुदायिक वन उपभोक्ता महासंघ झापा गापाका अध्यक्ष तुलसीराम प्याकुरेल लगायत समाजका विशिष्ट ब्याक्तिहरुको आथित्यता रहेको थियो।

पानसमा दिप प्रज्वलन गरि बिधीवतरुपमा थालनी गरिएको कार्यक्रममा समितीका उपाध्यक्ष कमल गनगाईले स्वागत मन्तव्य राखेका थिए भने समितीका अध्यक्ष नरेन्द्र आङदम्बेले बार्षीक प्रतिबेदन प्रस्तुत गरेका थिए।

समितीकी सचिव पुष्पा प्रसाईले संचालन गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए।मन्तव्य राख्ने क्रममा पुर्वसचिव भविन्द्र भण्डारीले वन विकासमा समितीले देखाएको तदारुकताको प्रशंसा गर्दै वनमा रहेको पोखरीलाई मत्स्यपालनका लागि दिर्घकालीन ठेकामा दिए सम्पुर्ण उपभोक्ता लाभान्वित हुने सुझाब दिए।त्यस्तै अर्का वक्ता जामुनखाडी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष खेम प्रसाद सिटौलाले यस वनलाई झापा गापाको गहनाका रुपमा विकाश गर्नु पर्ने भन्दै वार्षिक प्रतिवेदन प्रस्तुत गर्दा आगामी आर्थिक वर्षको अनुमानित वजेट पनि प्रस्तुत गरे राम्रो हुने सुझाव दिए।

शुभ(कामना मन्तव्य राख्ने क्रममा झापा गापा(३ का वडाध्यक्ष मोतीलाल गणेश र झापा गापा(६ का वडाध्यक्ष हरीबाहादुर बानियाँले वन विकाशका लागि झापा गापाले हरपल सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे।

कार्यक्रमको अन्त्यमा मायाको चिनो बितरण गरि मौसम प्रतिकुलताका वाबजुद पनि उपभोक्ताको उत्साहजनक सहभागीता रहेको भन्दै सम्पुर्ण विशिष्ट अतिथी,अतिथीहरु साथै राजनितिक दलका प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई धन्यबाद ज्ञापन गर्दै सभापती आङदम्बेले कार्यक्रम विसर्जन भएको घोषणा गरेका थिए।

सम्बन्धित खबर