Kanakai Online

झापा ११ क्वाटरफाईनमा


शनिवार, फागुन २४, २०७६ |

कनकाई अनलाईन
पोखरा । झापा–११ फुटबल क्लब जारी १८औं आहा१ रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलम झापाले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । यसअघि दुवै टोलीले अतिरिक्त समय सम्मको खेल १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।निर्धारित ९० मिनटको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि ३० मिनट अतिरिक्त समय थपिएको थियो । जसमा अग्रता झापाले लिन सफल भयो ।

१११औं मिनटमा सुनिल खड्काले गोल गर्दै झापालाई अग्रता दिलाए ।तर, त्यसको दश मिनट बित्न नपाउँदै एपिएफले नाटकीय रुपमा गोल गर्न सफल भएको थियो । अतिरिक्त समयको अन्तिमतिर १९९औं मिनटमा आकाश बुढा मगरले एपिएफका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।यद्यपि पेनाल्टीमा भने एपिएफ चुक्न पुग्यो । झापाले अब क्वाटरफाइनलमा २५ गतेका दिन बलियो मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत फागुन २४ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र आयोजक सहारा क्लबबीच हुनेछ ।सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो चैत्र १ गतेका दिन हुनेछ ।

सम्बन्धित खबर