Kanakai Online

कनकाई २ वार्डकार्यलयाको निर्माण धमाधम


शुक्रवार, फागुन २३, २०७६ |

कनकाई अनलनईन
झापा । झापाको कनकाई नगरपालीका २ नम्बर वडा कार्यलयको निमार्णकार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारबाट आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि उपलव्ध भएको ३८ लाख ८६ हजार ९ सय २० रुपैंयाको कुल लागतमा भवन निमार्ण भईरहेको समितिका संयोजक कमल ढकालले जानकारी दिनु भयो । कनकाई नगरपालिका वडा २ का स्थानिय लोकमाया ढकालले डेढ कठ्ठा र देवेन्द्र ढकालले डेढ कठ्ठा गरी करिव ४५ लाख बराबरको निशुल्क उपलव्ध ३ कठ्ठा क्षेत्रफलमा भवन निमार्ण भईरहेको छ ।

उक्त भवनको भुइतल्लाको ३ कोठामा वडाको आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन हुने र सोही भवनको ट्रष्र्ट जडित माथिल्लो ३ कोठामा २ नम्बर वडा कार्यलय सञ्चालन हुने कनकाई २ का वडा अध्यक्ष पर्शुराम गिरीले बताउनु भयो । साथै उक्त वडाको सन्काह खोलामा पुल निर्माण गर्न संघ, प्रदेशसभा पहल गर्ने वडा अध्यक्ष गिरीले बताउनु भयो । सो कार्यालयले आगामी चैत्र महिनाबाट वडामा आधारभुत स्वास्थ्य सेवा सुचारु गर्ने बताईएको छ ।

सम्बन्धित खबर