कनकाई अनलाईन
शिवसताक्षी । विश्व व्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमण जनचेतनाका लागि शिवसताक्षीको दूधेमा र्याली निकालिएको छ । शिवसताक्षी न.पा. ११ दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुले मौन र्याली निकालेका हुन् ।
कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई पनि बचाउँ भन्ने नारा सहित विद्यार्थीहरुको र्यालीले दूधे बजार परिक्रममा गरेको थियो । माक्सको प्रयोग गरौं, हात नमिलाऔं, धेरै मात्रामा पानी पिउ, नियमित रुपम साबुन पानीले हात धोऔ, खोक्दा वा हाच्छुउ गर्दा नाक मुख छोप्ने गरौं लेखिएका प्लेकार्ड सहित विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए ।
र्याली दूधे बजार परिक्रममा गरिसकेपछि सडक नाटकमा परिणत भएको थियो । विदेश जान छोरो विमान स्थलबाट कोरोना भाइरसका कारण घर फर्किनु परेपछि घर गाउँमा भाइरसबाट बच्न कसरी सवाधानी अपनाउने भन्ने विषयमा सडक नाटक गरिएको शिक्षक गोविन्द काफ्लेले बताए । उनले नोवेल कोरोना भाइसका बारेमा अझै पनि धेरै मानिसलाई थाहा नभएकाले विद्यार्र्थीले जनचेतनाका लागि कार्यक्रम गरेको जानकारी दिए ।
सगरमाथा टिन्स क्लबका प्रेक्षा पोख्रेल, प्रतिमा नेपाल, विद्या सिग्देल, आसिका बस्नेतले सडक नाटकमा सहजीकरण गरेका थिए ।
र्यालीमा राष्ट्रिय रमणीय मा.वि.का कक्षा ८, ९ र १० का ३ सय विद्यार्थी सहभागीता थियो ।
चीनको हुवान प्रान्नबाट सुरु भएको नोवेल कोरोना भाइस हालसम्म ७० भन्दा बढी देशमा संक्रमण भएको बताइएको छ ।