Kanakai Online

बेनुबाजा दक्षिणी क्षेत्रकै अब्बल , थापा


बिहिवार, फागुन २२, २०७६ |

डिबि सिलास राई
कनकाई नगरपालिकाको दक्षिणी सिमामा निजी क्षेत्रबाट संचालित बेनुबाजा अंग्रेजी माविको १९ औ बार्षिक उत्सव तथा अभिभावक दिवश विविध कार्यक्रमका विच सम्पन्न भएको छ ।
विद्यालयले बार्षिक उत्सवको अवशर पारेर विद्यालयका संस्थापक र शिक्षक शिक्षिकालाई सम्मान समेत गरिएको छ ।


सो अवशरमा विद्यालयका संस्थापक सदस्य तथा पुर्व विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गोपालप्रसाद बिमली, विद्यालयका संस्थापक पिन्सिपल बीरेन्द्रबहादुर खड्का, शिक्षक दिपककुमार श्रेष्ठ, कृष्णमाया अधिकारी र एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु रक्षा खड्का, अनिता श्रेष्ठ र उर्मिला फयाललाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई प्रमुख अतिथि प्रदेशसांसद हिराकुमार थापा, कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई वार्डअध्यक्ष कृष्णबहादुर राई पिन्सिपल बिनोद सुब्बा लगायातले सम्मान गर्नुभयो ।


सोहि अवशरमा विद्यालयका विद्यार्थीहरुले विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन समेत विद्यार्थीहरु अनुप भट्टराई, आकृति बस्नेत, निरञ्जन मैनाली र विनिसा ढुङ्गेलले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले दक्षिणी क्षेत्रको ग्रामिण क्षेत्रमा निजि लगानीबाट गुणस्तरीय शिक्षा लिनका लागि विद्यार्थीहरुका बेनुवाजा स्कुल वरदान सावित भएको बताउँनुभयो । थापाले पछिल्लो समय निजि विद्यालयको सिको गर्दै सामुदायिक विद्यालयले समेत अंग्रेजी र गुणस्तरीय शिक्षाको थालनी गरेपनि सामुदायिक विद्यालयका अल्छे शिक्षकको कारण असफल भइरहेको बताउनुभयो ।


कर्यक्रममा बोल्दै कनकाई नगरपालिकाकी उपप्रमुखख मन्जु प्रसाई , शिक्षा प्रमुख पिताम्बर गौतमले गुणस्तरीय शिक्षाको मामिलामा बेनुबाजा अब्बल भएको बताउँनुभयो । कार्यक्रममा विद्यालयका पिन्सिपल विनोद सुब्बाले दक्षिणी क्षेत्रका विद्यार्थीहरु रहर बाहेक बाध्यताका कारण कोहिपनि यस क्षेत्र बाहिर जानुनपर्ने अवस्था अव कम्तीमा पनि भएको बताउँनुभयो ।
कार्यक्रममा शिक्षा समितिका ओम पाठक, संस्थापक पिन्सिपल तथा सम्मानित व्याक्तित्व बीरेन्द्रबहादुर खड्का, विद्यालयका पिटिए अध्यक्ष दिपक ढुङ्गेल लगायातले मन्तवय राख्नुभएको कार्यक्रममा स्वागत विद्यालयका सहायक पिन्सिपल रघुनाथ तिम्सिना अध्यक्ष प्रेम बिमलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर