Kanakai Online

सुखानीका शहिद स्मृतिसभा सपना साकार पाछौ !


बुधवार, फागुन २१, २०७६ |

लीलाराज झापाली
तत्कालिन पंञ्चायती शासकद्धारा २०२९ साल फागुन २१ गते झापाबाट जेल सार्ने बहानामा सुखानीको जंगलमा लगि हत्या गरिएको झापा विद्रोहका ५ सहिदको सम्झनामा स्मृति सभा गरिएको छ ।
कोरोना भाइरसका कारण ठुलो स्मृतिसभा स्थगित गरिएपछि नेकपा अर्जुनधारा नगर कमिटी र नेकपाको बिद्यार्थी संगठन अनेरास्वियुद्धारा स्मृतिसभाको आयोजना गरि शहिदको सम्झना गरिएको हो । नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले अझैपनि सहिदको सपना साकार हुन नपाएको भन्दै निजि स्वार्थ र गलत क्रियाकलापका कारण सहिदका सपना पूरा हुन नपाएको बताउँनुभयो । विगतमा भएका गल्ती कमीकमजोरीलाई सच्चाउदै आत्मसमिक्षा गर्दै पाएको अवशरको पुरा सदुपयोग गरेर बाकी अविभारा पुरा गर्नुको विकल्प नभएको नेता घिमिरेको भनाई थियो । कार्यक्रममा नेकपाका नेता तथा संविधानसभाका सदस्य प्रेम गिरीले सहिदले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताउँनुभयो ।
यता नेकपा विद्यार्थी संगठन अनेरास्वियुका केन्द्रिय सहसंयोजक रंन्जित तामाङ्गले त्यसवेलापनि तत्कालिन शासकले केहि युवालाई मार्दैमा आन्दोलन रोकिन्छ भन्ने दिवासपना देखेको भन्दै त्यहि झापा विद्रोहको आन्दोलनकै निरन्तताका कारण सयौँ बर्षको इतिहास बोकेको राजसंस्था र सामन्ती प्रथा ढलेको बताउँनुभयो । त्यसवेलाका झापा विद्रोहका मुख्य कमाण्डर केपि शर्मा ओलीनै हालपनि देशको मुख्य पद प्रधानमन्त्री हुनुभएकोले सहिदको सपना साकार हुने विश्वास व्याक्त गर्नुभयो । तत्कालिन राजा महेन्द्रको निरङकुश शासनका विरुद्ध देशमा कहिपनि आवाज नउठिरहेको बेलामा झापाबाट हतियार उठाएर शासकविरुद्ध आन्दोलन गरिएको सम्झदै बिद्यार्थी नेता तामाङ्गले त्यहि आन्दोलनकै सफलताले यो परिवर्तन सम्भव भएको बताउनुभयो ।

उहाँले हज्जारौको सहभागितामा सुखानी स्मृति सभाको आयोजनाको तयारी गरिएको भएपनि कोरोना भाइरसको विषम परिस्थितिका कारण प्रतिनिधिमुलक रुपमा कार्यक्रमको आयोजना गरिएको बताउँनुभयो ।
सभामा विद्यार्थी नेत्री सुनिता वराल लगायातले बोल्नुभएको थियो भने स्मृतिसभामा संघिय सांसद धर्मशीला चापागाई, प्रदेश सांसद झलकसिंह दर्लामी शन्देश, नेकपा नेताहरु चिन्तन पाठक, बिजय साम्पाङ्ग, ज्योतीसिंह दर्लामी, महेन्द्र भट्टराई , बिरेन्द्र बस्नेत,खगेन्द्र सुवेदी, नरेश चुडाल , मनोज ताम्ली लगायातको सहभागिता रहेको थियो ।
यता झापा बिद्रोहका एक योद्धा तथा नख्खु जेल ब्रेकर धर्म घिमिरेको बुधवारनै कनकाई माईमा अन्तिम संत्कार गरिएको छ । घिमिरेको मंगलवार विहान भारतको पश्चिम बंगालमा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो ।
तस्वीर ः शहिदप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै अनेरास्वियुका सहसंयोजक रंजित तामाङ्ग र सहभागि अन्य नेताहरु सामुहिक फोटो खिचाउदै फोटो ः लीलाराज झापाली

सम्बन्धित खबर