कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा आजबाट चौथो जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाको टिमले दमक नगरपालिकाको टिमलाई ७—० गोल अन्तरको फराकिलो जित निकाल्दै सेमि फाइनलमा प्रवेश पाएको छ ।
कनकाईको तर्फबाट कुसुम खतिवडाले ह्याट्रिक पूरा गर्नुभयो । खतिवडा खेलको ओमन अफ दी म्याच हुनुभयो । उहाँले नगद २ हजार रुपैँया पाउनुभयो । खतिवडालाई धनमाया चिमरियाले नगद २ हजार प्रदान गर्नुभयो ।
आयोजकका लागि सरिता सेर्पा र ममता राउतले थप दुई÷दुई गोल गर्नुभयो ।
कनकाई नगरपालिकाको एकतर्फि खेलमा कनकाईले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा थप ४ गोल गरेको थियो ।
भोली(सोमवारको दोस्रो खेल पारिजात सालवारी र कचनकवल महिला फुटबल टिमविच हुने आयोजक समितिका सचिव विनोद रानाले बताउँनुभयो ।
प्रतियोगितामा झापाका ८ महिला टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभयो । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ६० हजार र ३५ हजार नगद पाउने खेल संयोजक अम्बिका खरेलले बताउँनुभयो । प्रतियोगिताको समापन अन्तराष्ट्रिय नारी दिवशका दिन फागुन २५ गते विविध कार्यक्रमका विच गरिने आयोजक समितिका अध्यक्ष दिनानाथ खतिवडाले बताउँनुभयो ।
उद्घाटन अघिको कार्यक्रममा कनकाई नपाका प्रमुख पोखरेल, वार्डध्यक्ष रुद्रप्रसाद चिमरिया आयोजक समितिका सस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती , निर्वतमान अध्यक्ष दुर्गा प्रसाई , जेसिज तथा लायन्सका संस्थापक अध्यक्ष लीला चिमरिया, कनकाई नगरपालिका ३ का सदस्य छबि थपलिया लगायातले शुभकामना दिनुभएको थियो ।
फोटोः बलका लागि प्रतिस्पर्धा गर्दै कनकाई र दमक नगरपालिकाका खेलाडीहरु
Trending
- लायन्सका अन्तराष्ट्रिय भ्वाईस प्रेसिडेन्ट झापामा
- गौरीगञ्जका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
- पूर्वीनाकामा आठ महिनामा ११ अर्ब ५२ करोडबढी व्यापार घाटा
- एमाले झापाको अध्यक्षमा गिरी
- लालपानीका मुकेशको पौडी खेल्दा डुबेर मृत्यु
- झापामा तीन कैदीवन्दी र एकजना दृष्टिबिहीनले एसईई दिँदै
- झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत
- लायन्स इन्टरनेशनल सेकेण्ड भ्वाईस पेसिडेन्ट सिंह झापामा आउदै