Kanakai Online

सताक्षी गोल्डकप आज लिग बिजेता मछेन्द्र र थ्री स्टारको फाइनल भीडन्त


आइतवार, फागुन ११, २०७६ |

लीलाराज झापाली
झापाको शिवसताक्षी झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको उपाधि रक्षाका लागि लिग बिजेता सानमिगल मछिन्द्र क्लव र रुस्लान थ्री स्टार क्लवले आआफ्नो दावी प्रस्तुत गरेका छन ।
प्रतियोगिताको आइतबार हुने फाइनल खेलको थप तयारीका वारेमा जानकारी दिने उद्धेश्यले आयोजित प्रि प्रेस म्याच कन्फरेन्समा बोल्दै मछेन्द्रका टिमकोच प्रवेश कटुवाल तथा थ्री स्टारका टिम कोच मेघराज केसीले लिग पछिको पहिलो गोल्डकप भएकोले पनि आफुहरु कुनैपनि हालतमा बोहोनी नर्बिगार्ने पक्षमा रहेको दावी पेश गर्नुभयो ।

गोल्डकप प्रतियोगिता लिगको जस्तो सहज नभएकोले आफुहरु ९० मिनेटभित्रै जित निकाल्न आतुर रहेका छौ । प्राविधिक रुपमा लिगमा थ्री स्टार क्लव चौथो भएपनि थ्री स्टारलाई कम नआक्ने मछिन्द्रका कोच कटुवालको भनाई थियो । खेलमा देबेन्द्र तामाङ्ग र सुजल श्रेष्ठपनि चोटमुक्त भइसकेकोले डिफेन्स लाईन र फरवर्ड लाइन दुबैमा टिम सशक्त भएर खेल्ने मछेन्द्रका टिम क्याप्टेन विराज मर्हजनको भनाई थियो । तर टिममा बेन्चको खेलाडीको भने कमी रहेको र खेलको विचमा कोहि खेलाडी घाइते बनेमा भने समस्या हुनसक्ने मर्हजनले बताउनुभयो । लिग बिजेता टिम भएकोले समेत हल्का टिमलाई जित्नैपर्ने थप दवाव भएपनि त्यस चुनौतीको सामना गर्न टिम तयार भएको महर्जनले बताउँनुभयो ।
यता थ्री स्टारका टिम कोच केसीले आफुहरु पहिलो पटक सताक्षी गोल्डकपमा सहभागिता जनाइरहेको भन्दै उपाधि जितेरै यो सिजनको सुरुवात गर्ने लक्ष्य राखेको बताउँनुभयो । जितको लागि एक खेल मात्रै बाकी रहेको भन्दै केसीले भन्नुभयो हाम्रो टिम सन्तुलित टिम पनि हो , हाम्रा देशभर आफ्नै फुटबलका समर्थकहरु छन उनीहरुका लागि पनि राम्रो फुटबल खेल्छौ । थ्री स्टारका टिम क्याप्टेन बिक्रम लामाले आफुहरुले सेट टिम र बेन्चपनि सशक्त भएकोले कुनैपनि वेला समस्या नआउने बताउँनुभयो ।
प्रतियोगितामा थ्री स्टारले बेलवारी फुटबल क्लव मोरङ्ग र आयोजकलाई हराउदै फाइनलको यात्रा तय गरेको हो भने मछेन्द्रले गोर्खा बोइज रुपन्देही र त्रिभुवन आर्मीको चुनौती पार गर्दै फाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताको बिजयी र उपबिजयी हुने टिमले नगद ६ लाख र ३ लाख रुपैँया पाउने छ । सताक्षी गोल्डकपको पहिलो संकरण नेपाल पुलिस र दोस्रो संकरण त्रिभुवन आर्मीले जितेको थियो । तेस्रो संकरण नयाँ टिमले जित्ने पक्का भएको छ ।

फोटो ः सताक्षी गोल्डकपको ट्रफि देखाउदै दुबै टिमका क्याप्टेन र टिम कोच तस्वीर लीलाराज झापाली