कनकाई अनलाईन
झापाको शिवसताक्षी झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको फाइनल प्रवेशका लागि हालै सम्पन्न लिग बिजेता र उपबिजेता मछेन्द्र र त्रिभुवन आर्मी क्लव फेरि एकपटक आमने सामने हुने भएका छन ।
बुधवार सम्पन्न प्रतियोगिताको अन्तिम पहिलो चरणको खेलमा गोर्खा ब्वाइज स्पोर्टिङ क्लब रुपन्देहीलाई २–१ गोल अन्तरले पराजित गर्दै सानमिगल मच्छिन्द्र क्लब झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश प्रवेश पाएको हो ।
जित सगै मछिन्द्रले आफ्नो फाइनल यात्राको लागि एक खेल मात्रै नजिक रहेको छ । अब उसले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मीको सामना गर्नेछ । आर्मीलाई समेत एकसाताभित्रै मछिन्द्रसगको हारको बदला लिने अवशर प्राप्त भएको छ । सताक्षी गोल्डकपमा आर्मी गत सिजको बिजेता पनि हो ।
बुधवारको खेलमा सुरुवाती अग्रता भने गोर्खा ब्वाइजले लिएको थियो । तर रुपन्देहीले आफ्नो अग्रतालाई जोगाउन भने सकेन । खेलको १६ औँ मिनेटमा गोर्खा ब्वाइजका विदेशी खेलाडी काजिमले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो अर्का विदेशी खेलाडी ओलाकेजीको पासलाई सदुपयोग गर्दै टिमका लागि अग्रता गोल गर्नुभयो ।
तर रुपन्देहीको खुसी खेल मैदानमा लामो समय टिकेन । मच्छिन्द्रले खेलको २५ औँ मिनेटमा खेललाई बराबरीमा फर्कायो । रञ्जित धिमालले गरेको कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस निअले कुनै गल्ती नगरी गोलमा परिणत गर्नुभयो । त्यस्तै, खेलको ३३ औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनाएको थियो । सरोज योञ्जनको हातमा बलले छुँदा पाएको पेनाल्टीलाई मच्छिन्द्रका विमल घर्ती मगरले गोलमा परिणत गर्दै जित सुनिश्चित पार्नुभयो । खेलमा दुवै टिमले गरको केही उत्कृष्ट प्रहार खेर गएका थिए ।
पहिलो हाफको सुरुवाती सयममा मच्छिन्द्रका विशाल राईले गरेको प्रहार फितलो हुँदा गोलमा परिणत हुन सकेन । खेलको २१ औँ मिनेटमा मच्छिन्द्रका विराज महर्जनको प्रहार गोल किप्पर सोजित गुरुङले सहजै बचाउनुभयो । २४ औँ मिनेटमा गोर्खा ब्वाइजका ओलाकेजीको प्रहार बार नजिकैबाट बाहिएिको थियो भने ३९ औँ मिनेटमा काजिमको प्रहार फितला रह्यो ।
७६ औँ मिनेटमा गोर्खा ब्वाइजको प्रहारलाई मच्छिन्द्रका विदेशी खेलाडी एडेलाजिया सोमिडेले हेडमार्फत उत्कृष्ट बचाउ गर्नुभयो । बुधबारको खेलमा मछिन्द्रका विमल घर्तीमगर म्यान अफ द म्याच हुनुभयो । उहाँले नगद १० हजार प्राप्त गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत बिहीबारबाट सेमिफाइनलका खेलहरु हुनेछ । सेमिफाइनलको पहिलो खेल बिहीवार आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापा र थ्री स्टार क्लबबीच हुनेछ । क्वार्टर फाइनलमा आयोजकले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको हो भने थ्री स्टारले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गरेको थियो ।
फोटो ः गोल्डकपमा प्रतिस्पर्धा गर्दै सेतो जर्सीमा लिग बिजेता मछिन्द्र क्लवका बिमल घर्तीमगर र पहेलो जर्सीमा रुपन्देहीका खेलाडी र म्यान अफ दी म्याच बिजेता मछिन्द्रका बिमल घर्तीमगर तस्वीर ः लीलाराज झापाली