Kanakai Online

झापा ११ को न्यास्रो आयोजक सताक्षीले मेट्ने


बुधवार, माघ २९, २०७६ |

कनकाई अनलाईन
जारी ए डिभिजन फुटबल लिगका कारण झापामा हुन लागेको यो सिजनकै पहिलो सताक्षी गोल्डकप एक दिन पछि सरेको छ ।
जारी लिगको मिति सरेका कारण यहि फागुन ३ गतेदेखि हुने भनिएको तेस्रो सताक्षी गोल्डकप एक दिन पछि सारेर फागुन ४ गते देखि आयोजना गरिन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक सतासीधाम स्पोटिङ्ग क्लवका अध्यक्ष रमेश लावतीले बताउँनुभयो ।
पत्रकार सम्मेलमा गोल्डकपको खेल तालिका समेत सार्वजनिक गरिएको छ । जसमा उद्घाटन खेल फागुन ४ गते आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव झापा र मनाङ्ग मस्याङ्दी क्लव काठमाण्डौविच हुने छ । फागुन ११ गतेसम्म स्थानीय गणेशमानसिंह अध्यान प्रतिष्ठानको निर्माणधिन रङ्गशालामा हुने प्रतियोगितामा विदेशी एक दार्जिलिङ्ग फुटबल क्लव सहित नेपालका ए डिभिजनका नेपाल आर्मी, थ्री स्टार क्लव, मछिन्द्र क्लव काठमाण्डौ, मनाङ, बेलवारी मोरङ्ग र रुपन्देही ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङ्गले बताउँनुभयो ।

प्रतियोगितामा यस पटक भने घरलु अर्को चर्चित टिम झापा ११ ले भने सहभागिता नजनाउने निश्चित भएको छ । झापा ११ का टिम कोच प्रवेश कटुवाल सहित अधिकांस खेलाडीहरु काठमाण्डौका ए डिभिजनका क्लवहरुमा अनुबन्ध भइसकेकोले यस सिजनमा झापा ११ लाई खेलमा समावेश नगराइएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । झापा ११ को कमी हुन नदिन आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लवलाई उत्कृष्ट टिम बनाइएको आयोजक समितिका भाग्य लिम्बुले बताउँनुभयो । आयोजकले उद्घाटन खेलमा मनाङको सामना गर्ने छ ।
प्रतियोगितामा दर्शकका लागि १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ६ लाख र ३ लाख रुपैँया पाउने छ । सर्वोकृष्ट खेलाडीले ५० हजार पाउने र प्रतियोगिता संचालन गर्न अनुमानित ७४ लाख रुपैँया लाग्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सम्बन्धित खबर