Kanakai Online

असन्तुलित विकाश र पश्चिमा शैलीको प्रधानमन्त्री पद


सोमवार, माघ २७, २०७६ |

भीमप्रसाद अधिकारी
मुलुकको राजनीति झनझन विकृत र भ्रष्ट हुदै गइरहेको छ । खाडी क्षेत्रमा साठी लाख भन्दा माथी नेपालीहरु रुदै आएका छन । नेपाली चेली वेटी जताततै विक्री भइरहेका छन । दुई तिहाई बहुमतको सरकार लाचार छ । लगाउन र खान नपाएकै कारण भोक भोकै रहनेको संख्या वडदो छ ।
देशका उधोग व्यापार क्रमस धरासायी हुदो छ । कृषीको परमपरावादी उत्पादन प्रणलीका कारण कृषकहरु आफ्नो पेशावाट पलायनको क्रम वढदो छ । प्रधानमन्त्रीका चरम महत्वकांक्षी योजनाहरु सडकमै असरल्ल हुदा छन । घरघरमा ग्यास पाईपको भाषण विराटनगर को गोवर ग्यास उद्यघाटनमा थन्किएको छ । तुइन विस्तापित भैसके क्यार सबै तै चुप मै चुप छन । काठमाण्डौँका खाल्टा खुल्टी “अहिलेनै परेका हनु र ? जिल्लाको समग्र विकाशका लागि एउटा योजना शान्ति नगर तिर अर्को योजना ऐतिहासीक केचना कवल तिर त्यस्तैअर्को योजना अर्जनु धारा र कनकाई कोटिहोम धार्मिक क्षेत्रहरु जस्तै अन्य झापा जिल्लाका गाउ÷नगर पालिकालाई पनि धेर थोर सहलगानि गराउदै समग्रातामा गरीने विकाशको सपना हाम्रा प्र.म.ले किन नदेखेको होलान ? आज सम्म जो जती प्र.म भए , सवै आ–आफ्नै नगर क्षेत्रका सपना मात्र बुन्न किन रमाए ? आज सम्म एउटा पनि ठुलो योजना पर्न नसकेको झापाका अन्य गाउ÷ नगर वासी जनताले के अपराध गरेका थिए ? यसमा धरेैप्रस्नकोउत्तर खोज्नुसान्दर्भिक देखिन्छ । नेपालकोशासकिय स्वरुपका कारण देशको उच्च पदाशिन ब्यक्ति समग्र देशको प्रधानमंत्री हुन नसके कै हो त ? सत्ता प्राप्तीका लागि पैसा र पैसा प्राप्तीका लागि सत्ता भन्नेत पुरानै मान्यता हो ।

यहि मान्यताको पुष्ट्याई कै खातिर प्रत्येक सांसद ६ करोड विकाशे पोकोका पछि दौडिएका छन । आफ्ना दुई चार सय कार्यकर्तालाइ १०÷२० वटा योजनामा कनिका छरे झै छरी दिएर रम्ने र रमाउने अभ्यासले हामीलाई कहाँ पुर्याउला ? संसारले गरेको उन्नती र प्रगति के कसरी गर्न सक्यो ? त्यसलाई नेपालको सन्दर्भमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर पुस्तकालयमा बसेर अत्याधुनिक संचार जगतको अधिकतम उपयोग गर्दै चिन्तन मनन गरेर नयाा नयाा नितिगत अवधारणमा बौद्धिक बहस र छलफल चलाएर कार्य योजनाको सुचि प्रस्तुत गर्नुको सट्टा छ करोडको विकाश को पोकोको पछाडी दौडिदा देश अरु कति सय वर्ष पछाडी धकेलीन पुग्ने हो यसको लेखा जोखा राख्नु पर्ने हो । तर यो अभ्यासको थालनी पनिहुन सकेको छैन । रोजगारी, विकाश र न्याय प्राप्त गर्न नसकी आफ्ना आधारभुत आवश्यकताबाट पनि बञ्चित हुन पुगेका विवश जनता एक पत्रकार संग पटक पटक न्यायको भिख माग्न कुदिरहेका छन ।
उनको कार्यक्रममा आम जनता को सकृयता देख्दा लाग्छ अब दलहरु भ्ुामिका विहिन भई सकेछन । यी सबै कारणले आफ्नो प्रिय जन्म भुमिप्रतिको नागरीक को ममतामा पनि क्रमश हा्रसहुन थालेको छ । आज संसारका विकशीत मुलुकहरुले नेपाली नागरीकहरुलाई निःशुल्क भिषा उपलब्ध गराउने घोषणा गरिदिए भने हामीले छातिमा हात राखेर भनौ कति प्रतिसत नेपालीलाई नेपालको मायाले बाँधेर राख्न सक्ला ? तसर्थ, अब ईमान सहितको राजनीतिक धर्मलाई आत्मासाथ गर्न सिकौँ । देश र देशवासी भन्दा ठुलो कोही छैन, म त यी महान जनसमुहको मालिक अथवा शाशक होईन सेवक हुँ भन्ने आत्माबोध गर्न सिकौं । देशका लुटेराहरु जनताका शत्रु हुन यिनलाई कानुनी कारवाही को दायरामा नि.संकोच ल्याउने मानसिकता को निर्माण गरौँ । जनताको तत्कालीन र दिर्घकालिन आवश्यकता को पहिचान गरेर प्राप्तीका दिशामा अघि वडौँ । कुनै पनि सांसद तथा मंत्री कुनै एक निर्वाचन क्षेत्रको मात्र हुन सक्तैनन ।

देशको कुनै एक क्षेत्रको विकाश वजेटको ठुलो धनराशी विनियोजित हुनु उच्च पदीय दुरुपयोग हो भन्दा अत्युक्ती हुदैँन । अझ मानविय स्वभाव भन्दा माथी उठेर भन्न हो भने यो पश्चिमा प्रधानमंत्रिय मोडल को विकृत र निन्दनिय स्वरुप हो भन्न हिचकिचाई रहनु पर्दैन । जिल्ला र देशको सन्तुलित र समानुपातिक विकाश का लागि प्रधानमंत्रीको पद देशवासीको समान हक र पहुच को पद हुनु पर्दछ । त्यसको एक मात्र बाध्यकारी समाधानको विधि भनेको प्रत्यक्ष निवाचित कार्यकारी प्रधानमंत्री नै हो । जसलाई हामी सबैले स्विकार गर्न सक्नु पर्दछ । तव मात्र हर क्षेत्रवाट पिडीत नेपाली जनताको आङमा बिकाशको पारीलो घाम लाग्न पाउथ्यो कि ?

मिति ः २०७६\०९\२३ क.न.पा. –४, झापा ९८४२६४१५१०