कनकाई अनलाईन
प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो समक्ष झापाका विभिन्न कलेजमा अध्यानरत् विद्यार्थीहरुले आफ्नो अध्यानपछिको व्यावसायीक योजना सुनाएका छन ।
झापाको कनकाई नगरपालिका ३ स्थित युनिक कलेजले आयोजना गरेको व्यावसायिक योजना धारणा प्रस्तुतीकरणमा आफुले पछि गर्ने योजनाको वारेमा प्रष्टाएका हुन ।
कार्यक्रममा १७ वटा कलेजबाट छनौट भएका उत्कृष्ट ५ कलेजका विद्यार्थीहरुले आफ्नो भावी योजनाको वारेमा बताएका थिए । प्रतिस्पर्धात्म भएको सो योजना सार्वजनिकरणमा प्लाष्ट्रिकको कम प्रयोग गरि महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड उद्योग संचालन गर्ने योजनासहितको युनिक कलेज कनकाईको विद्यार्थी टिम सर्वोकृष्ट भई नगद २५ हजार रुपैँया जितेको थियो । विद्यार्थीहरुले महिलाहरुले महिनावारी हुदा प्रयोग गरिने सेनेटरी प्याड अझैपनि विदेशबाट आयात भइरहेको र लागत मुल्यभन्दा ५ गुणा महगो दरमा विक्री समेत भइरहेको भन्दै विदेशबाट आयातित प्याडलाई विस्तापित गर्ने र कम मुल्यमा यहि उत्पादित सेनेटरी प्याड उपलब्ध गराउने योजना विद्यार्थीले प्रस्तुत गरेका थिए । यसैविच मेची बहुमुखी क्याम्पसका विद्यार्थीको आर्गनिक माछा र तरकारी फार्म गर्ने उद्धेश्यको योजनाले उत्कृष्ट प्रस्तुतीकरणको उपाधि हात पारेको थियो । विद्यार्थीहरुले टुना टपरी उद्योग स्थापना गर्ने , एजुकेशन एप्प उत्पादन र च्याउ उद्योग संचालनको योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रबहादुर आङ्बो मौसमले हालको विद्यमान शिक्षा निति र पाठ्यक्रम बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो मात्रै भएकोले अव सरकारको सबै ध्यान जीवनउपयोगी शिप र दक्ष जनशक्ति उत्पादनमा जोड भएको बताउँनुभयो । अवको केहि वर्षभित्रै नेपालबाट कम्तीमा घुम्न र उच्च शिक्षा वाहेकको रोजीरोटीका लागि काममा विदेश जानैपनर््े बाध्यताको अन्त्य हुन लागेको बताउँदै यस अभियानमा रचनात्मक साथ र सहयोग गर्न सबैसग अनुरोध गर्नुभयो ।
विद्यार्थीहरुले पनि अध्यान सकेर च्याउ खेती, आर्गनिक माछापालन गर्ने भनेर योजना प्रस्तुत गर्ने तर अध्यानकै वेला आफ्नो मनचाहि अष्टेलियाको भिषामा लगाउने नर्गनुहोला सरकार युवालाई उद्यमशील बनाउन तयार छ , आङ्बोले भन्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य झलकसिंह दर्लामी शन्देशले कोरा किताबी ज्ञानभन्दा व्यावहारिक र युग सुवाउदो शिक्षामा जोड दिनुको विकल्प नभएको बताउँनुभयो । कार्यक्रममा शिक्षाविद अखिल कोइराला , एक्सल बैंकका प्रमुख दिनेशकुमार पोखरेल, सिभिल बैँकका प्रदेशप्रमुख राजेश ढकाल लगायातले विद्यार्थीको योजनाले देशको समृद्धिको यात्राको खाका कोरेको बताउँनुभयो । कार्यक्रमको स्वागत युनिक कलेका प्रमुख दिपक भट्टराई र संचालन गुरु पौड्यालले गर्नुभएको थियो ।
अध्यानपछि विद्यार्थीहरुको जागिरे मानसिकता वढिरहेकोले जागिर खानेभन्दा अरुलाई जागिर लगाउन सक्ने क्षमता वढाउन कार्यक्रमको आयोजना गरिएको युनिक कलेजका अध्यक्ष तीर्थराज खरेलले बताउनुभयो । सो प्रतिस्पर्धात्म प्रतियोगिताको निर्णायकमा बैकर शिव गिरी, कृष्णबहादुर नेपाल र व्यावसायी मिनप्रकाश मैनाली रहनुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।