Kanakai Online

कनकाईका पूर्व प्रहरीमा पुन सेडाईँ


शनिवार, माघ २५, २०७६ |

कनकाई अनलाईन
झापा कनकाई नगरभित्र रहेका पूर्व प्रहरी संगठन कनकाई नगर कार्यसमितिको अध्यक्षमा पुन हरिप्रसाद सेडाईँ सर्वसम्मत हुनुभएको छ ।
संगठनको सुरुङ्गास्थित कनकाई सामुदायिक वनसमुहको सभाहलमा भएको दोस्रो अधिवेशनबाट सेढाईको नेतृत्वमा नयाँ समिति बनेको हो ।

११ सदस्यीय समितिको उपाध्यक्षमा अग्नि नेपाल, सचिवमा अम्वर लिम्बु सहसचिवमा बाबुराम कार्की कोषाध्यक्षमा दुर्गा पौडेल सहकोषाध्यक्षमा मायादेवि कोइराला ढकाल रहनुभएको छ । यसैगरि सदस्यहरुमा कृष्णप्रसाद चुडाल, रोहित लिम्बु, सन्तबहादुर थापा, परशुराम चौधरी र ज्ञानेन्द्र शाही रहनुभएको छ । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष खेमराज कार्की लगायातले शुभकामना दिनुभएको थियो ।