Kanakai Online

मापासे गरेर प्रहरीचौकीमाथि आक्रमण


शनिवार, माघ २५, २०७६ |

कनकाई अनलाईन
सिन्धुपाल्चोक, माघ २५ गते । गए राति साँढे १ बजे पाचँपोखरी थाङपाल गाउँपालिकामा रहेको तिपेनी प्रहरी चौकीमाथि आक्रमण भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी प्रज्ज्वल महर्जनका अनुसार मदिरा सेवन गरेर मोटरसाइकलमा आएका १०र१२ जनाको अज्ञात समूहले प्रहरी र प्रहरी चौकीमाथि आक्रमण गरेको बताउनुभयो

मापासे गरेर आएका सो समूहले बजारमा हल्ला गरेपछि प्रहरीले सम्झाउँदा उल्टै प्रहरीमाथि आक्रमण गरेको जानकारी दिनुभयो । आक्रमणबाट असइ संतोष कुमार झा र प्रहरी हवाल्दार हरि बहादुर मगर घाइते भएका छन् । असई झा गम्भीर घाइते भएको जिप्रकाले बताएको छ । उहाँको टाउकोमा गहिरो चोट लागेको छ ।

उहाँलाई उपचारको लागि राजधानी लगिएको छ । दोहोरो भिडन्तमा प्रहरीले चार राउण्ड हवाई फाइरिङ गरेको छ । घटनामा संलग्न एकजना पक्राउ परेका छन् । चार वटा मोटरसाइकल बरामद गरिएको छ । घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । घटनामा संलग्न व्यक्ति फरार रहेका छन् । प्रहरीले उनीहरुको ब्यापक खोजी गरिरहेको एसपी महर्जनले जानकारी दिनुभयो ।

सम्बन्धित खबर