Kanakai Online

हिरो मोटरसाईकल चढ्दा एक लाख पुरस्कार


शनिवार, माघ २५, २०७६ |

कनकाई अनलाईन
झापा गाउँपालिका २ का वसन्त मुखियाले हिरो मोटरसाइकलको खरिदमा प्राप्त भएको स्क्याच कुपनवाट रु।१ लाखको चेक प्राप्त गरेका छन् ।

कनकाई नगरपालिका ३ स्थित हिरो मोटरसाइकलको सोरुमवाट १२५ सिसीको सुपर स्प्लेन्डर मोटर साइकल खरिद गर्दा लक्की ड्र मार्फत मुखियाले प्राप्त गरेको रु।१ लाखको चेक सोरुमका संचालक कुमारमणि पोखरेलले हस्तान्तरण गरेका हुन् । मधुवन ट्रेडर्सको नामवाट हिरो मोटरसाइकलको आधिकारीक विक्रेताको रुपमा केहि दिनदेखि कनकाई नगर क्षेत्रका सामाजिक अभियन्ता युवा व्यवसायी कुमारमणि पोखरेल र सरला पोखरेलले सुरुङ्गावाट सेवा संचालनमा ल्याएका हुन् ।

यस अघि पिटु आर अटो जोनको नाममा संचालनमा रहेको सोरुम माघ १६ गते श्रीपञ्चमीका दिनदेखि पोखरेलको नेतृत्वमा संचालनमा आएको हो । हिरो ब्राण्डका मोटर साइकलको आधिकारीक विक्रेताका रुपमा रहेको यस मधुवन ट्रेडर्सले एक हप्तामा १७ वटा मोटरसाईकल विक्रि गर्न सफल भएको वताइएको छ ।

सम्बन्धित खबर