कनकाई अनलाईन ।
झापाको कनकाई नगरपालिका ४ — सुरुङ्गा टेक्रामा आयोजित प्रथम जिल्ला स्तरीय आमन्त्रीत कराते प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाको देवि डोजोले हात पारेको छ ।
शनिवार सिंहदेवि आधारभुत विद्यालयमा भएको प्रतियोगितामा बिर्तामोडले कुल ६ स्वर्ण ५ रजत र १ कास्य पदक जित्दै प्रथम भएको हो । यसैगरि शिवसताक्षी डोजोले ६ स्वर्ण, २ रजत र ४ कास्य सहित दोस्रो हुदा आयोजक कनकाई सिंहदेवि डोजो तस्रो भएको थियो ।
प्रतियोगितामा महिला सिनियर कातामा बिर्तामोडकी उमिसा मैनालीले स्वर्ण र शिवशताक्षी माईधार डोजोकी संजिवनी कार्कीले रजत पदक ल्याउनुभयो । यसैगरि जुनियर महिलातर्फमा शिवसताक्षीकी साम्यज्ञी मगरले स्वर्ण र बिर्तामोडकी श्रृष्टि बुडाथोकीले रजत पदक ल्याउनुभयो । यसैगरि जुनियर पुरुष तर्फ शिवसताक्षीका एलन तामाङले स्वार्ण र मेचीनगर डोजोका विशाल तामाङ दोस्रो हुनुभयो । सिनियर कातामा कनकाईका नुमा सुब्बाले स्वर्ण र अर्जुनधारा डोजोका समिर मगरले रजत पदक ल्याउनुभयो ।
यसैगरि उदियामान खेलाडीका रुपमा आयोजक सिंहदेवि डोजो कनकाईका जेनिसा ढकाल र राहुल सिस्त्रीलाई उत्कृष्ट घोषणा गरिएको थियो ।
यसैगरि प्रतियोगितामा विधागत तर्फ महिलातर्फ ६० केजी तौलमा शिवसताक्षीकी भुमिका तामाङले स्वर्ण र बिर्तामोडकी स्मारिका तामाङले रजत तथा शिवसताक्षीकै मनिता अधिकारीले कास्य पदक जितेकी थिइन । ५५ केजीतर्फ शिवसताक्षीकै सामाग्री मगरले स्वर्ण बिर्तामोडकी हन्ना लिम्बुले रजत र बिर्तामोडकै अनुसा राई र विद्या लिम्बुले कास्य पदक जितेकी थिइन । ५० केजी तौल समुहमा बिजयी खेलाडीहरुलाई प्रदेशसभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिका शिवसताक्षीकी भावना शेर्माले स्वर्ण आयोजक कनकाईकी समिक्षा चौधरी रजतेकी थिइन । यसैगरी ४५ केजी तौलमा शिवसताक्षीकै संजिवनी कार्कीले स्वर्ण र बिर्तामोडकी उर्मिला मैनालीले रजत पदक जितेकी थिइन । ४० केजी तौल समुहमा मेचीनगरकी झरना योगीले स्वर्ण शिवसताक्षीकी एन्जना सिंगुले रजत जितेकी थिइन । ३५ केजी तौल समुहमा बिर्तामोडकी सृष्टी बुडाथोकीले स्वर्ण तथा मेचीनगरकी स्मृति सारु मगरले रजत जितेकी थिइन । ३० केजी तौल समुहमा आयोजक कनकाई डोजोकै दृष्टि दाहालले स्वर्ण र गुन्जना पौड्यालले रजत पदक जित्नुभयो ।
यसैगरि पुरुष तर्फ ५५ केजी तौलमा शिवसताक्षीका सनम लिम्बुले स्वर्ण तथा कनकाईका मोती ताजपुरियाले रजत , हल्दिवारीका मनाङ लिम्बु तथा कनकाईकै सुजन लम्सालले कास्य पदक जित्नुभयो । ५० केजी तौल समुहमा बिर्तामोडका विशाल राईले स्वर्ण शिवसताक्षीका देवहाङ लिम्बुले रजत तथा कनकाईका विजय कोइराला र मेचीका नवराज पाठकले कास्य पदम जित्नुभयो । ४५ केजी तौलमा बिर्तामोडका दिवश श्रेष्ठले स्वर्ण बिर्तामोडकै दिवश लिम्बुले रजत तथा शिवसताक्षी र कनकाईका जेनिश योम्देन र संजिव यादवले कास्य पदक जित्नुभयो । ४० केजी तौल समुहमा अर्जुनधाराका समिर मगरले स्वर्ण झापा गाउँपालिकाका प्रतिक सेढाँईले रजत तथा बिर्तामोड तथा शिवसताक्षीका अनिश उप्रेती र रिसन सुनुवारले कास्य पदक जित्नुभयो । ३५ केजी तौल समुहमा बिर्तामोडका तोसाङ लिम्बुले स्वर्ण विर्तामोडकै दिलकुमार राईले रजत जित्नुभयो । ३० केजी तौल समुहमा आयोजक कनकाई डोजोका भुवन खनालले स्वर्ण तथा कनकाईकै एलिस अधिकारीले रजत पदक जित्नुभयो । २५ केजी तौल समुहमा आयोजक कनकाईका विवश तामाङले स्वर्ण तथा कनकाईकै इशान रिजालले रजत पदक जित्नुभयो ।
बिजयी खेलाडीलाई प्रमुख अतिथि हिराकुमार थापा , वार्डनम्बर ३ का वार्डध्यक्ष रुद्रप्रसाद चिमरिया, ४ का वार्डसदस्यद्धय रोषन सुवेदी शिव ढकाल , ढकाल सिनियर प्रशिक्षक कालु मेचे , मिना पाठक , कनकाई नगर करातेका अध्यक्ष राम पाठक, सिंहदेवि आधारभुत विद्यालयका प्रअ डम्बरकुमार फुयाँल , विद्यालयका अध्यक्ष राजेन्द्र डाँगी पत्रकार सिएम शर्मा लगायातले पुरस्कार प्रदान गर्नुभयो ।