Kanakai Online

निजि विद्यालयका विद्यार्थीमाथि विभेद भएको आरोप


शुक्रवार, माघ १७, २०७६ |

कनकाई अनलाईन
झापाका निजि विद्यालयका सरोकारवालाहरुले सरकारले सेवा सुविधा लगायातका आधारमा कलिला वालवालिकामा विभेद गरिरहेको आरोप लगाउँनुभएको छ ।
कनकाई प्यासनद्धारा आज सुरुङ्गाको एसपी क्याफेमा आयोजित संस्थागत विद्यालयको शिक्षामा योगदान तथा बर्तमान अवस्था विषयक कार्यक्रममा बोल्दै सहभागिहरुले विद्यालयमा सेनेटरी प्याड वितरण , दिवा खाजा र दलित, अल्पसङ्ख्यकलाई छात्रबृद्धि लगायातमा सरकारले सरकारी विद्यालयमा अध्यानरत् विद्यार्थीलाई मात्रै सुविधा दिदा निजी र विद्यालयमा अध्यान गरिरहेका ससाना वालवालिकाको कलिलो मानसपटलमा राज्यप्रति विद्रोही भावना जागृत हुनसक्ने सरोकारवालाको भनाई थियो ।
कार्यक्रममा बोल्दै जिल्ला प्यासनका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सरकारले निजि विद्यालयलाई भवन निर्माण शिक्षकलाई तलव नदिएपनि कम्तीमा शिक्षकलाई तालिम र त्यहा अध्यानरत् वालवालिकाकालागि खेल सामाग्री वा दलित छात्रवृतिमा विभेद गर्न नहुने बताउँनुभयो ।
निजि विद्यालयले समेत सरकालाई राम्रो जनशक्ति उत्पादन गरिदिएकोले सरकारले समेत वालवालिकाका लागि केहि न केहि सुविधा दिनुपर्ने उप्रेतीले बताउँनुभयो । उप्रेतीले कनकाई नगरपालिकाभित्रका उत्कृष्ट दश विद्यालयहरुमा नौ वटा निजि विद्यालय रहेको भन्दै निजि विद्यालयले देश र समाजमा पुर्याएको भुमिकामाथि नजरअन्दाज गर्न नहुने बताउँनुभयो । उप्रेतीले सरकारले एकजना विद्यार्थीबराबर प्रतिबर्ष ३६ हजार ७८ रुपैँया खर्च हुने गरेको तर निजिमा अविभावकले औषध १७ हजार ५० रुपैँयामात्रै फि तिर्ने गरेकोले सरकारले शिक्षामा गरेको लगानी हालसम्म वालुवामा पानी वरावर भएको बताउँनुभयो ।

कार्यक्रममा कनकाई प्यासनका अध्यक्ष विनोद सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुहुदै नगरपालिकामा सरकारी भन्दा निजि विद्यालयको सङ्ख्या र अध्यानगर्ने विद्यार्थीको सङ्ख्या झण्डै दोब्बर वढी भएको बताउँदै सरकारको ठुलो लगानी निजि विद्यालयले जोगाइदिएको बताउँनुभयो । सुब्बाले कनकाई नगरपालिकामा समेत सरकारीको तुलनामा निजि विद्यालयहरु वढी र विद्यार्थी सङ्ख्या समेत वढी भएको बताउनुभयो । जसमा कनकाई नगरपालिकामा २३ निजि विद्यालय र १४ वटामात्रै सरकारी विद्यालय संचालनमा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हिराकुमार थापाले सरकारी विद्यालयमा अध्यानगराउने शिक्षकहरुको जागिरे प्रवृतिकै कारण धेरै सरकारी विद्यालयहरु बन्द हुने अवस्थामा पुगेको बताउँनुभयो । निजि विद्यालयहरुले रोजगारीको श्रृजना र शैक्षिक गुणस्तर कायम गर्न खेलेको भुमिका प्रशसनीय रहेको बताउँनुभयो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाले निजि र सरकारी विद्यालयका विद्यार्थीलाई कहिल्यैपनि विभेद नगरेको बताउँनुभयो । पोखरेलले कनकाईलाई शैक्षिक हवका रुपमा विकास गर्ने उद्धेश्यका साथ नगर अगाडि बढिसकेकोले यसलाई पूरा गर्न निजि, समुदाय र सरकारको वरावरी भुमिका रहने बताउँनुभयो । कार्यक्रममा बोल्दै पूर्व जनप्रतिनिधि भीमप्रसाद अधिकारीले शिक्षा सम्बन्धि सम्पुर्ण अधिकार अव स्थानिय तहमा आइपुगेकोले शिक्षा नितिलाई सुर्धान स्थानीय सरकारको भुमिका निर्णायक हुने बताउँनुभयो ।

कनकाई नगरशिक्षा प्रमुख पिताम्बर गौतम लगायातले सरकारले विद्यार्थीलाई विभेद गर्ने निति नलिए पनि कतिपय ऐन नियम र बाध्यताले गर्दा विभेद जस्तो देखिएको बताउँनुभयो । हामीले विद्यार्थीलाई खुवाउने हात्ती पाईले पोलियो लगायातका खोपहरुमा विभेद गरेका छैनौ । व्यापार गरेपछि कर तिर्नुपर्ने कतव्य सबैको हो गौतमले ले भन्नुभयो । कार्यक्रममा कनकाई नगरपालिका वार्डनम्बर ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली , नेकपाका नगर अध्यक्ष रविन्द्र लम्साल, नेपाली कांग्रेसका नगर अध्यक्ष नेत्रप्रसाद चिमरिया, शिक्षासेवी ओम पाठक, उद्योगपति युवराज संग्रौला लगायातले शिक्षा र स्वास्थ्यलाई सरकारले वढी व्यापारभन्दा सेवामुलक बनाउन खोजेकाले समेत विद्यालय संचालनमा समस्या आएको हुनसक्ने बताउदै निजि विद्यालयका संचालकहरुको लगानी खेर जान नहुने र शिक्षाको सुधारका लागि निजि, सामुदायिक र सरकारी मिलेर अगाडि वढ्न सुझाव दिनुभयो । कार्यक्रमको संचालन कनकाई प्यानसका सचिव केशवप्रसाद शर्मा र कोषाध्यक्ष सागर ढुङ्गानाले गर्नुभएको थियो ।