Kanakai Online

जामुनखाडीमा भलिबल सुरु


बुधवार, माघ ८, २०७६ |

कनकाई अनलाईन
झापाको पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारमा आयोजना गरिएको प्रथम एनएमसी जामुनखाडी सिमसार प्रदेश नम्बर एक स्तरीय पुरुष भलिवल प्रतियोगितामा आयोजक सुरुङ्गा जेसिज, ताप्लेजुङ्ग र उदयपुरले जित हात पारेका छन ।
मंगलवार भएको उदघाटन खेलमा ताप्लेजुङ्गले मोरङलाई २५—२०, २९—२७ र २३—२५ को सोझो सेटमा पराजित गरेको थियो । यसैगरि दोस्रोे खेलमा आयोजक सुरुङ्गा जेसिजले समेत तेह्रथुमको चुनौती २५—१८, २५—१९ र २५—१५ ले पन्साउदै दोस्रो चरणमा प्रवेश गरेका थियो । तेस्रो खेलमा उदयपुरले झापालाई बेष्ट अफ फाइभबाट हराएको छ । खेलको पहिलो सेट झापाले २५—१९ ले जित्दा दोस्रो खेल उदयपुरले २०—२५ ले आफ्नो पक्षमा पारेको थियो । तसैगरि तेस्रो सेट झापाले २५—२१ ले आफ्नो पक्षमा पार्दा चौथो सेट पुन उदयपुरले २९—२७ ले आफ्नो पक्षमा पारे पछि खेलको छिनोफानो पाचौ सेटबाट गरिएको थियो । जुन महत्वपुर्ण सेट उदयपुरले १५—१३ ले आफ्नो पक्षमा पार्दै बिजयी भएको हो ।
सुरुङ्गा जेसिजको आयोजनामा आगामी माघ १० गतेसम्म हुने प्रतियोगितामा झापा र आयोजक टिम सहित सङ्खुवासभा, भोजपुर, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलाम र उदयपुर गरि १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद १ लाख १ हजार र ५१ ह्जार १ सय ११ रुपैँया पाउने र विधागत उत्कृष्ट खेलाडीहरुले समेत ५ हजार र सर्वोउत्कृष्ट खेलाडीले १० हजार नगद र एक थान मोवाइल पाउने छ ।
फोटो ः प्रतिस्पर्धा गर्दै आयोजक सुरुङ्गा जेसिज र तेह्रथुमका खेलाडीहरु ः तस्वीर लीलाराज झापाली

सम्बन्धित खबर