कनकाई अनलाईन
कनकाई नगरपालिका ९ घैलाडुब्बा क्षेत्रका २ सय वढी विपन्नहरुका लागि आज ज्ञानज्योती युवा क्लवको आयोजनामा निशुल्क लगाउँने र ओढ्ने कपडा प्रदान गरेका छन ।
क्लवले गाउँ तथा बजार क्षेत्रमा गई संकलन गरेको कपडाहरुलाई घैलाडुब्बा बजार क्षेत्रमा गई हस्तानतरण गरेका हुन । कनकाई नगरपालिका ९ का वडाअध्यक्ष प्रेम राजवंशी , नगरकार्यापालिका सदस्य चुवालाल राजबंशी, घैलाडुब्बा बजार ब्यावस्थापन समितिका अध्यक्ष गोविन्द प्रधान कनकाई ९ का वार्डसदस्य नरमान श्रेष्ठ , संगितकार कुमार पालुड्गा लगायातले घैलाडुब्बा बजार आसपासका गरिबहरुका लागि उक्त कपडा वाढ्नुभएको थियो ।
क्लवले एक महिना अघिदेखिनै गाउँ शहरबाट कपडा संकलन गरि कपडा बैँकनै स्थापना गरि हालसम्म ५ हजारजनालाई न्यानो कपडा बितरण गरिसकिएको क्लवका अध्यक्ष नारायण भेट्वालले बताउँनुभयो ।
सहारा जेष्ठ नागरिक चौतारीमा आयोजित कार्यक्रमको संचालन सागर ढुङ्गानाले गर्नुभएको थियो । भने कार्यक्रमको स्वागत ज्ञानज्योती युवा क्लवका सचिव पारस खरेलले गर्नुभएको थियो । जाडोको समय अझैपनि वढ्ने भएकोले नगरवाशीसग थप लुगाकपडा दिन आग्रह गरिएको क्लवका सदस्य कमल कार्कीडोलीले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिका वार्डनम्बर ९ का अध्यक्ष प्रेम राजवंशीले ज्ञानज्योती युवा क्लवको सहयोगले दिनदुखीको दैनिकी सहज बनेको बताउँनुभयो ।