Kanakai Online

सुरुङ्गामा काठ तस्करमाथि गोली प्रहार बन्दुक सहित एक पक्राउ


बिहिवार, पौष १७, २०७६ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ दोमुखामा बुधवार राती छोटा हात्तीमा राखि अन्यत्र लैजादै गरेको अवैध साखु जातको काठ बरामद भएको छ ।
इलामका विभिन्न सामुदायिक वनबाट काँचो रुख कटान गरि कनकाई माइको वहावमा बगाएर ल्याई झापाको कनकाई नगरपालिका दोमुखा क्षेत्रमा खोलाबाट निकालेर अन्यत्र लैजान लोड गरिएको अवस्थामा १८ थान २३ . ३५ क्युफिट साखु जातको काठ र मे१च ५०२३ नम्बरको छोटा हात्ती इलाका प्रहरी कार्यालय , सव डिभिजन वन कार्यालय सुरुङ्गा र सुकेडाँगी सामुदायिक वन समुहको वन गस्ती टोलीले बुधवार राती २ बजे बरामद गरेको छ ।

गस्ती टोलीलाई देख्नसाथ काठ लोड गरेको गाडी छाडेर तस्करको समुह जंगलतफ भागेको र जंगलभित्रबाट उनीहरुले प्रहरीमाथि लगातार ढुङ्गा प्रहार गरेपछि प्रहरी टोलीले समेत एक गोली प्रहार गर्नुपरेको सव डिभिजन वन कार्यालयका जमदार हरि विश्वकर्माले बताउँनुभयो ।
करिव १५÷२० जनाको समुहमा रहेको तस्करको समुह प्रहरीले हवाई फायर खोलेपछि मात्रै अन्यत्र भागेको प्रहरीले जनाएको छ । हाल बरामद काठ र सवारी सव डिभिजन कार्यालय सुरुङ्गामा राखिएको शव डिभिजन वन अधिकृत भोलाप्रसाद चौधरीले बताउँनुभयो ।
दुई महिना पहिले मात्रै सोहि क्षेत्रमा काठ चोरी तस्करीमा संग्लनद्धारा गस्ती टोलीमा रहेका ३ जनालाई काटेर सख्त घाईते बनाएका थिए । हाल फरार सो समुहमाथि ज्यान मार्ने उद्योगमा जिल्ला अदालत झापामा मुद्धा चलिरहेको छ ।
यता हतियार सहित जंगली जनावरको चोरी शिकारी गर्न निस्किएका एक जनालाई दहिझोडा सामुदायिक वन समुह अर्जुनधाराको वन क्षेत्रबाट बुधवार दिउसो कनकाई सव डिभिजन वन कार्यालयाको सशस्त्र वन रक्षक टोलीले हतियार सहित पक्राउ गरेको छ ।
३ जनाको समुहमा रहेको उक्त शिकारीको समुहमध्ये दुइजना भाग्न सफल भएको र एक थान भरुवा बन्दुक र गोली सहित माई नगरपालिका ८ का ३८ बर्षिय शेरबहादुर देउजा मगरलाई भने गस्ती टोलीले पक्राउ गरेको छ । भाग्ने शिकारीको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका देउजालाई गस्ती हाल हतियार तथा खरखजाना तथा जंगली जनावरको चोरी शिकार ी मुद्धामा जिल्ला प्रहरी कार्यालय मार्फत मुद्धा चलान गरिएको कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख चौधरीले बताउँनुभएको छ ।

फोटो ः नियन्त्रणमा लिएको साँखु जातको काठ लोड गरिएको छोटा हात्ती गाडी सव डिभिजन वन कार्यालय सुरुङ्गामा तस्वीर लीलाराज झापाली