कनकाई अनलाईन
पाचथर । पाचथर को फाल्गुनन्द गाउपालिका मा रिक्त रहेको अध्यक्ष पदमा मंसिर १४ गते हुने उपनिर्बाचन को लागि उम्मेद्बारी दर्ता कार्यक्रम सम्पन्न भएको छ नेपाली काङ्ग्रेस बाट नेता बृजहाङ आङदेम्बे ले निर्वाचन आयोग को कार्यलय मा उम्मेद्बारी दर्ता गराएका छन । उम्मेद्बारी दर्ता कार्यक्रम मा ठुलो सड्ख्यामा नेता कार्याकर्ताको विशाल र्याली सहित बृजहाङ उम्मेद्बारी दर्ता गर्न पुगेका थिए ।
उम्मेद्बारी दर्ता कार्यक्रम मा विशाल र्याली मा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा अनुसासन समिती सम्योजक भिस्मराज आङदेम्बे , दोस्रो जागरण अभियान का केन्द्रिय प्रतिनिदी नेपाली काङ्ग्रेस नेता देउ मान थेबे , पाचथर जिल्ला सभापती नरेन्द्र केरुङ , पाचथर काठमाडौ सम्पर्क समिती सभापती निर्मल रिजाल लगायत हजारौं नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो । कार्यक्रम मा नेता देउ मान थेबे ले तीन लाख बराबर पर्ने किरातेस्वर महादेब को मुर्ती र सिबलिङ्ग घुर्बिसे पन्चमी किरातेस्वर महादेब मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष र गाउपालिका अध्यक्ष उमेदवार बृजहाङ आङदेम्बे लाई हस्तान्तरण गरेका छन ।
उम्मेद्बारी दर्ता र र्याली पश्चात् कोणसभा कार्यक्रमलाई सम्बोदन गर्दै गाउपालिका अध्यक्ष का उमेदवार बृजहाङ आङदेम्बेले आफू स्व गाउपालिका अध्यक्ष अम्बर नेम्बाङ को सपना पूरा गर्न को निम्ति र फाल्गुनन्द गाउपालिकाका सम्पुर्ण जनताको जिबनस्थर उकास्न को निम्ति आफ्नो उमेद्वारी रहेको उद्घोष गरे , आफू नेता नभएर फाल्गुनन्द बासि को कामदार भएको र यहाका जनताले अरायेको काम दिनरात एक गरेर गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बोल्दै पाचथर सभापति नरेन्द्र केरुङ ले फाल्गुनन्द मा आफ्नो उमेदवार कुनै पेसा ब्यवसाय गर्ने ठेकेदारी गर्ने लकडी को काम गर्ने दुई नम्बरी धन्दा गर्ने ब्यक्ती नभएर निस्कलन्क छवि भएका जनता को सुख मा रमाउने दुखमा साथ दिने स्थानिय उमेदवार बृजहाङ आङदेम्बे भएको र नेपाली काङ्ग्रेस ले फाल्गुनन्द गाउपालिकामा इतिहास कायम राख्दै फेरि निर्बाचन जित्ने दाबी गरे । कार्यक्रम मा बोल्दै नेता देउमान थेबेले जित सुनिस्चित भएको र यस्लाइ अझै ब्यवस्थित गर्दै अघाडी बड्न पनि निर्देसन दिए , अहिलेको सरकार दुई तिहाइ को दम्भमा निर्बाचन आचारसहिता मिच्न उदत देखिएको र त्यस्तो कार्य गरिएमा आफुहरु चुप लागेर नबस्ने चेतावनी दिए उनले थपे अहिलेको काण्ड मा फसेको सरकार्लाइ उस्को अकर्मण्यता को जबाफ देसैभरी काङ्ग्रेस लाई उपनिर्बाचन मा जिताएर जनताले दिने जिकिर गरे । कार्यक्रम मा बोल्दै नेका केन्द्रिय सदस्य भीष्मराज आङदेम्बे ले देसमा अहिलेको सरकारले जातिय द्वन्द निम्त्याएको असान्ती भ्रस्टाचार बलात्कार सिमा बिबाद जस्ता बेथिति हरु रोक्न नसकेको त्यसैले सरकार असफल भएको दाबी गरे । कोणसभा कार्यक्रम को सभापतित्व चुनाब प्रचार प्रसार समितिका सम्योजक राम राज आङदेम्बेले गरेका थिए भने सन्चालन धन कुमार लावती ले गरेका थिए ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति