लीलाराज झापाली ।
फिल्मी शैलीमा नै इलाका प्रहरी कार्यालय सुरुङ्गाको गस्ती प्रहरी टोलीले चोरी गरि भाग्दै गरेको अवस्थामा चोरिएको ८ लाख रुपैँया बराबरको सामान बरामद गरि पिडित परिवारलाई फिर्ता गरी ठुलो नोक्सानीबाट जोगाएको छ ।
कनकाई नगरपालिका ३ सुरुङ्गाको विनोद भण्डारीको घरबाट आइतवार राती चोरी गरि भाग्दै गरेको अवस्थामा चोरी गर्ने व्याक्तिको प्रहरी हल्वदार खेमराज पोखरेल नेतृत्वको गस्तीमा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीसग सुरुङ्गा लक्ष्मी पाण्डेको सालिक छेउ इलुवावारी मा भेट भएको थियो ।
प्रहरीले राती साइकलमा सामान लिएर जादै गरेको देख्नसाथ साइकल छाडी सो समुह कनकाई सामुदायिक वन समुहको जंगलमा भागेको प्रहरी हल्वदार पोखरेलले बताउनुभयो । मोटरसाइकलमा सवार गस्ती प्रहरीले चोरीमा संग्लन व्याक्तिलाई समात्न नसकेपनि साइकलमै छाडिएको सामानहरु हिराको औठी २ थान , एचपी कम्पनीको एक थान ल्यापटप , ओपो कम्पनीको एक थान मोवाइल , क्यानन कम्पनीको एक थान एसएलआर क्यामेरा र एक थान ड्रोन क्यामेरा र चोरी कार्यमा प्रयोग गरिएको एक थान साइकल प्रहरीले बरामद गरेको थियो ।
राती २ बजेको समयमा सामान वरामद गरेपछि प्रहरीले विहान ५ बजेको समयमा प्रहरीले पिडित परिवारको पहिचान गरि घरमा विहान प्रहरी पुग्दा घरमा सबैजना सुतिरहेकै थिए जव प्रहरीले घरबाट सामान चोरी भएको सुचना दियो परिवारका सबै सदस्य अचम्वित बन्दै कोठामा हेर्न थाले । प्रहरीले बरामद गरेको सामानहरु इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डिएस्पी मोहनकुमार थापाले पिडित भण्डारी परिवारलाई हस्तानतरण गर्नुभयो । डिएस्पी थापाले चोरी कार्य रोकथामका लागि कम्तीमा कनकाई नगर क्षेत्रमा ५० थान सिसि क्यामेरा र सडक बत्ती जडान गर्नुपर्ने बताउनुभयो ।
घरबाट चोरी भएको सामान आफुले थाहा पाउनु भन्दा पहिले प्रहरीले बरामद गरि ठुलो क्षति हुनबाट बचाएको भन्दै पिडित भण्डारी परिवारले प्रहरीको कामको खुलेर प्रसंसा गर्नुभयो । सामान हस्तानतरण कार्यक्रममा कनकाई लायन्स क्लवका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया , कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका अध्यक्ष प्रकाश चुडाल , इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी सहयाक निरिक्षक इन्द्रबहादुर भुजेल र संचारकर्मीको उपस्थिति रहेको थियो ।
तस्वीर ः चोरी भएको सामान फिर्ता गर्दै डिएस्पी थापा र लिदै भण्डारी लीलाराज झापाली
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति