सर्प देख्दा को नतर्सेला र रु अझ घरभित्र सर्प देखियो भने त होस हवास नै उडछ् । झापाको गौरादहमा एक घरमा एउटा दुइवटा होइन २७ वटा सर्प फेला परेको छ । गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्प सहित २७ वटा गोमन सर्प भेटिएको हो ।
धेरैजसो सर्पका बच्चा रहेका थिए । गोवन सर्प बिषालु सर्पमा पर्दछ । एउटा सर्प मारेको र त्यसपछि राती अरु पनि सर्प भएको आँशकामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएपछि यो परिवारको होसहवास नै उडेको थियो । शर्माका छोरा संदिपका अनुसार अकल्पनीय रुपमा सर्पहरु भेटिएकाछन् । उनका अनुसार रातको ११ बजे स्थानीयहरुको साहारामा सबै सर्पहरु मारेर गाडिएको छ । रातभर निन्द्रा नलागेको समेत यो परिवारले जनाएको छ । त्यो भन्दा अगाडि अर्को बिषालु करेत सर्प पनि यो घरमा भेटिएको थियो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति