Kanakai Online

कनकाई मेचीनगर सभापोखरी टेम्के भद्रपुर र बिर्तामोड बिजयी


मङ्गलवार, पौष १५, २०७६ |

लीलाराज झापाली ।
झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको समुह चरणका सबै खेल समाप्त भएका छन ।


मंगलवार दोस्रो दिनको खेलमा आआफ्नो टिमबाट जित निकाल्दै कनकाई नगरपालिका सहित झापाका मेचीनगर नगरपालिका , भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिका दोस्रो चरणमा प्रवेश गरेका छन भने संखुवासंभाको सभापोखरी गाउँपालिका, भोजपुरको ट्याम्के मैय गाउँपालिका समेत जित दर्ता गर्दै दोस्रो चरणमा प्रवेश पाएको छ ।


मंगलवार कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई हराउदै दोस्रो चरणमा प्रवेश पाएको हो । भोजपुरको टिम समयमै आउन ढिला हुदा कनकाई वाक ओभरमा बिजयी घोषणा भयो । यसैगरि मेचीनगर नगरपालिकाको टिमले धनकुटाको महालक्ष्मी नगरपालिकाको टिमलाई २५÷१९ र ३१÷२९ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
जनता माविको खेल मैदानमा भएको सो प्रतियोगितामा घरेलु दर्शकको समेत राम्रो साथ पाएको प्रतियोगितामा पाहुना टोली सङ्खुवासंभाको सभापोखरी गाउँपालिकाले झापा गौरादहको टिमलाई २५÷१५ र २३÷२५ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएको छ । प्रतियोगितामा बिजयी टिमका प्रदिप कट्टेल उत्कृष्ट खेलाडी घोषित भई नगद १ हजार र ट्रफि पाउनुभयो ।
यसैगरि मंगलवारकै खेलमा सोलुखुम्बुको सोताङ गाउँपालिकाको टिम समयमै आउन नसकेपछि भोजपुरको ट्याम्के मैँयु गाउँपालिकालाई बिजयी घोषणा गरिएको थियो ।


सोहि दिनको अर्को खेलमा झापाकै कमल गाउँपाकिलाको टिमलाई २८/२६ र २५/२३ को सोझो सेटबाट पराजित गर्दै भद्रपुर नगरपालिका बिजयी भएको छ ।
उक्त खेलमा भद्रपुर नगरपालिकाका खेलाडी राहुल गुप्ता उत्कृष्ट खेलाडी भएका छन ।
मंगलवारकै अन्तिम खेलमा झापाकै बिर्तामोड नगरपालिकाले तेह्रथुमको फेदाप गाउँपालिकालाई पराजित गरेको छ । बिर्तामोडले २०/२५ र १९/२५ को सोझो सेटबाट फेदापलाई हराउदा बिर्तामोडका पुर्व राष्ट्रिय खेलाडी समेत रहेका बिमान खड्का उत्कृष्ट खेलाडी हुनुभयो । उहाँले नगद एक हजार र ट्रफि पाउनुभयो ।


मंगलवारदेखि प्रतियोगिताको सबै पहिलो चरणका खेलहरु सकिएको आयोजक झापा गाउँपालिका भलिबल प्रतियोगिताका अध्यक्ष तथा पुर्व राष्ट्रिय भलिबल खेलाडी गजेन्द्र ताम्लीले बताउँनुभयो । बुधवार समेत ४ खेल हुने खेल रेफ्री राजु पाठकले जानकारी दिनुभएको छ । बुधवारको पहिलो खेल विहान ८ बजे कनकाई नगरपालिका र सङखुवासभाको सभापोखरी गाउँपालिका यसैगरि दोस्रो खेल मेचीनगर नगरपालिका र भोजपुरको ट्याम्के मैँयु गाउँपालिकाबिच हुने छ भने तेस्रो खेल भद्रपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका भोजपुरका विच हुदा चौथो खेल आमचोक गाउँपालिका भोजपुर र बिर्तामोड नगरपालिकाबिच हुने आयोजक समितिका सचिव प्रेम प्रसाईले बताउँनुभएको छ ।


प्रतियोगिताको उद्घाटन झापा गाउँपाकिलाका अध्यक्ष जयनारायण शाहले गर्नुभएको हो । प्रतियोगितामा प्रदेश नम्बर एकका २२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख १ हजार १ सय ११ , ७१ हजार १११, २१ हजार १११ र सान्तना हुने एक टिमलाई १० हजार १ सय ११ रुपैँया पाउने छन । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद सहित पुरस्कार पाउदा सर्वोकृष्ट खेलाडीले समेत नगद १० हजार रुपैँया पाउने छ ।

सम्बन्धित खबर