कनकाई अनलाईन
झापामा सोमवारदेखि अध्यक्ष कप प्रदेश नं। १ पालिका स्तरीय पुरुष भलबिल प्रतियोगिता संचालन भएको छ ।
झापा गाउँपालिकाको आयोजनामा संचालन भएको प्रतियोगितामा १ नं। प्रदेशका २२ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले जानकारी दिएका छन । शरणामतिस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा संचालन भएको प्रतियोगिताको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले पानसमा दिप प्रज्वलन गरेर विधिवत रुपमा उद्घाटन गरेका छन् ।
सोमवार बेलवारी मोरङ् र दमक नगरपालिका झापा विच भएको पहिलो उद्घाटन खेलमा दमकले विजयको सुरुवात गर्दै १५्२५ र १८्२५ को सोझो सेटमा बेलवारीलाई पाखा लगाएको छ । खेलको म्यानअफ द म्याच दमकका खेलाडी प्रकाश लिम्बू घोषित भएका छन् ।
त्यस्तै शिवसताक्षी नगरपालिका झापा र बाह्रदशी गाउँपालिका झापा विच भएको दोस्रो खेलमा बाह्रदशीले १२्२५ र २३्२५ को सोझो सेटमा शिवसताक्षीलाई पाखा लगाउँदै जीत हात पारेको छ । खेलको म्यान अफ द म्याच बाह्रदशीका खेलाडी रबिन थापा घोषित भएका छन् ।
त्यस्तै नेचा सल्लेरी गाउँपालिका, सोलुखुम्बु र पथरी शनिश्चरे नगरपालिका मोरङ्ग विच भएको तेस्रो खेलमा नेचा गाउँपालिकाले २०्२५ र १९्२५ को सोझो सेटमा पथरीलाई पाखा लगाएको छ । खेलको म्यान अफ द म्याच नेचा सल्लेरीका निर्मल निरौला घोषित भएको वताइएको छ ।
त्यस्तै सोमवार नै झापा गाउँपालिका र उर्लावारी गाउँपालिका मोरङ्ग विच भएको चौथो खेलमा उर्लावारीलाई पाखा लगाउँदै झापा गाउँपालिकाले २५्१९ र २५्१७ को सोझो सेटले विजेता बनेको छ । खेलको म्यान अफ द म्याच झापा गाउँपालिकाका सागर भट्टराई घोषित भएको आयोजक समितिले जनाएको छ ।
मंगलवार हुने प्रतियोगिता लेटाङ नगरपालिका मोरङ र कनकाई नगरपालिका झापा विच पहिलो खेल हुने छ भने क्रमशः सभा पोखरी गाउँपालिका संखुवासभा र गौरादह नगरपालिका झापा विच दोस्रो खेल हुने वताइएको छ । त्यस्तै कमल गाउँपालिका झापा र भद्रपुर नगरपालिका झापा विच तेस्रो खेल हुने छ भने महालक्ष्मी नगरपालिका धनकुटा र मेचीनगर नगरपालिका झापा विच चौथो खेल हुने वताइएको छ । त्यस्तै सोताङ्ग गाउँपालिका सोलुखुम्बु र ट्याम्के मैयु गाउँपालिका भोजपुर विच पाँचौं खेल सम्पन्न हुने आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लिले बताएका छन् ।
पुस १९ गते सम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुनेले ७१ हजार १ सय ११ र ट्रफी, तेस्रो टिमले २१ हजार १ सय ११ र ट्रफी तथा चौथो हुने टिमले समेत नगद ११ हजार १ सय ११ र ट्रफी पाउने आयोजक समितिका अध्यक्ष ताम्लीले जानकारी दिएका छन् ।
स्थानीय वडा नं।६ का वडाअध्यक्ष हरीवहादुर बानियाँको सभापतित्व रहेको उद्घाटन समारोहका अवसरमा १ नं। प्रदेशका उत्कृष्ट भलिबल खेलाडी स्थानीयवासी आशिसजंग कार्की साथै झापामा सम्पन्न फुटवल र भलिबल प्रतियोगिताहरुको उत्कृष्ट लोगो डिजाइनर पर्वत गुरुङलाई सम्मान पत्रका साथ विशेष सम्मान गरिएको छ । प्रमुख अतिथी झापा गाउँपालिका अध्यक्ष शाह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, भलिबल संघ १ नं। प्रदेशका अध्यक्ष हरीवहादुर निरौला, भलिबलका पुर्व राष्ट्रिय खेलाडी गजेन्द्र ताम्ली लगायतले मन्तव्य राखेको उद्घाटन कार्यक्रमको संचालन मोहन ओलीले गरेका थिए ।