Kanakai Online

बिर्तामोडमा दक्षिण एसियाकै उत्कृष्ट क्यान्सर अस्पताल सुरु


शनिवार, पौष १२, २०७६ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा आगामी पुस १६ गतेदेखि पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा सुरु गर्ने भएको छ ।
बिएण्डसी अस्पतालकै हाताभित्र सोहि टिमद्धारा संचालित सो अस्पतालको संचालनको अन्तिम तयारीमा पुगेको बिहीवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईँले जानकारी दिनुभयो । अस्पतालको सेवा सुचारुका वारेमा अस्पतालद्धारा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तराष्ट्रियस्तरको र दक्षिण एसियामै प्रथम पटक अत्याधुनिक प्रविधि जडान गरिएको क्यान्सर अस्पताल भएको प्रसाईले दावी गर्नुभयो ।
३ सय सैँयाको सो अस्पतालमा चार सय करोडको लगानी रहेको र अस्पतालमा एक मिनेटभित्र रेडिएसन दिन सक्ने ट्यू बिम लिनियर एक्सेलेटर मेशिन समेत अस्पतालले पहिलो पटक नेपाल भित्राएको प्रसाईले बताउनुभयो ।
अस्पतालमा क्यान्सरको अवस्था जाँचका लागि पेट सिटी स्क्यान,, महिलाको स्तन क्यान्सर पत्ता लगाउने थ्रीडि म्यामोग्राम मेशिन लगायातका सम्पुर्ण मेशिन ल्याई सकिएको अस्पतालका मेडिकल डाइरेन्टर डाक्टर वीरेन्द्र यादवले बताउँनुभयो । अस्पताल सुरु हुने एकदिन सम्पुर्ण विरामीलाई निशुल्क रेडिएसन दिइने र एकजना विरामीको सम्पुर्ण उपचार खर्च समेत व्याहोर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अस्पतालमा नेपाल लगायात छिमेकी मुलुक भारत, बंगलादेश र भुटानबाट समेत विरामीहरु आउने प्रसाईले बताउँनुभयो ।
फोटो ः अस्पताल भवन तस्वीर ः लीलाराज झापाली

सम्बन्धित खबर