कनकाई अनलाईन
बिर्तामोड, पुस १२ गते । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी प्रदेश स्तरीय महिला फुटबलमा धरान महिला फुटबल क्लव फाइनलमा प्रवेश गरेको छ ।
शनिवार सम्पन्न खेलमा धरानले इलाम महिला फुटबल क्लवलाई १ —० गोलअन्तरले हराउदै धरान फाइनलमा प्रवेश गरेको हो ।
बिजयी टिमका लागि एकमात्र गोल खेलको १० औ मिनेटमा नेहा चौधरीले गर्नुभयो । चौधरी प्रतियोगिताको वुमन्स अफ द म्याच पनि हुनुभयो । आइतवारको खेल आयोजक बिर्तामोड महिला फुटवल र कनकाई महिला फुटबल क्लवविच हुने आयोजक बिर्तामोड फुटबल क्लवका अध्यक्ष डिके गुरुङले बताउँनुभयो । प्रतियोगितामा बिजयी तथा उपविजयी हुने टिमले नगद १ लाख १ हजार १ सय ११ र ५१ ह्जार १ सय ५१ रुपैँया पाउने छ । प्रतियोगिताको फाइनल खेल आगामि पुस १५ गते तमु ल्होसारका दिन हुने छ ।
फोटो ः वुमन्स अफ द म्याचको पुरस्कार लिदै चौधरी ।