Kanakai Online

सिद्धार्थ बैक सुरुङ्गामा


शनिवार, पौष १२, २०७६ |

कनकाई अनलाईन
सिद्धार्थ बैंक लिमिटेडको शाखा अब सुरुङ्गामा खुलेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख मञ्जु प्रसाईले सो बैँकको विधिवत उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेलले कनकाई नगरमा ‘क’ वर्गका बैंकहरुले आफ्ना शाखाहरु विस्तार गर्दै गएकाले खुसी व्याक्त गर्नुभयो । उहाँले यसबाट नगरमा उद्योग–व्यवसाय तथा आर्थिक गतिविधि बढ्दै जाने विश्वास व्याक्त गर्नुभयो ।

कार्यक्रममा कनकाई नगरका वार्डनम्बर ३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरिया, वार्ड नं। ५ का वार्डअध्यक्ष कृष्णबहादुर राई लगायातको आथित्यता रहेको थियो ।

बैंकका देशभरि १ सय ५० बढी शाखा, १ सय बढी शाखारहित बैंकिङ्ग सेवा, १६० बढी एटीएम सेवा र १ हजार २ सय बढी पियोएस मेसिन रहेको जानकारी गराइएको थियो ।

ठूला व्यवसायीलाई मात्रै नभएर साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउन बैंकले विभिन्न आकर्षक कर्जा योजनाहरु लागु गरेको बैकका साखा प्रमुख अमर रानामगरले जानकारी दिनुभयो । सिद्धार्थ बैंक लिमिटेडका डीसीईओ सुन्दरप्रसाद कडेलको सभापतित्वमा भएको कार्यक्रम एसीईओ रामेश्वर बस्यालले सञ्चालन गर्नुभएको थियो ।