Kanakai Online

कनकाईकर्मी शर्मा सम्मानित


शुक्रवार, पौष ११, २०७६ |

कनकाई अनलाईन
कनकाई साप्ताहिकका पत्रकार सन्तोस शर्मा सम्मानित भएका छन ।
राष्ट्रिय समाचार समितिमा झापामा समेत कार्यरत सञ्चारकर्मी शर्मा पुरस्कृत भएका हुन ।सहकारीमार्फत सर्वसुलभ शिक्षा प्रदान गर्ने उद्देश्यले झापाको विर्तामोडमा स्थापित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बिहीबार संस्थाको सातौं साधारणसभाको अवसरमा पत्रकार शर्मालाई शिक्षा उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
विर्तामोडको अतिथि सदनमा आयोजित साधारणसभामा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले झापा अनलाइनका सम्पादकसमेत रहेका पत्रकार शर्मालाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरे । पुरस्कारको रकम ५१००।– रहेको छ ।
संसथाका सचिव दिपेश द्योरालीले सञ्चालन र सञ्चालक सदस्य चीजा राईले स्वागत गरेको समारोहमा अध्यक्षम सुब्रत न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ।व। ०७५÷०७६ मा १६ लाख ८५ हजार ८१२ रुपैयाँ खुद नाफा गर्न सफल रहेको जानकारी दिए ।
प्रतिवेदन अनुसार सो वर्षसम्ममा संस्थाको शेयरपूँजी १ करोड ५३ लाख ३ हजार दुई सय रुपैयाँ पुगेको छ भने सदस्य संख्यामा झण्डै चारसय थप भई २४१९ पुगेको छ । संस्थाको वचत संकलन ८ करोड ४४ लाख १२ हजार ८७९ रहेको छ भने ९ करोड ६६ लाख ३३ हजार २६२ रुपैयाँ ऋण लगानी भएको छ ।
उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी, उत्कष्ट बालवचतकर्ता, शेयर सदस्यका सन्ततिमध्येबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट कर्मचारी, प्रवद्र्धक शेयर सदस्यसमेत दुईदर्जनभन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको समारोहमा प्रमुख अतिथि ढकाल, विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगाल, संस्थाका सल्लाहकार समितिका संयोजक ज्ञानुराम प्रसाईंले शुभकामना मन्तव्य राख्दै संस्था सदस्यहरुको मन जित्न सफल भएको धारणा राखेका थिए ।