लीलाराज झापाली
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यान गरेको झापाको कनकाई नगरपालिका ९ स्थित आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय प्रविधि मैत्री बनेको छ ।
वालकक्षा देखि कक्षा १२ सम्म अध्यायन अध्यापन गराइने विद्यालयमा भएका सबै २० ओटै कक्षा कोठामा सिसि क्यामेरा जडान गरिएको छ भने हरेक कक्षा कोठामा साउण्ड सिस्टम समेत फिट गरिएको छ । विद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले अध्यानका वेला सबै कक्षाको कार्यालयमा रहेर सुपरिवेक्षण गर्ने र कोहि विद्याथीलाई केही निर्देशन दिनुपर्ने भएमा कार्यालयबाटै माइक्रोफोनबाटै दिने गर्नुभएको छ ।
यसबाट विद्यार्थीलाई सधै आफु प्रधानाध्यापकको प्रत्यक्ष निगरानीमा भएको महसुस हुनाले पठनपाठनमा ध्यान जाने प्रअ निरौलाको भनाई छ ।
विद्यालयमा केहि बर्ष पहिलेबाट भुतपुर्व विद्यार्थीको आर्थिक सहयोगमा खानेपानीका लागि अत्याधुनिक फिल्टर समेत जडान भइसकेको छ भने हरेक दिनको विद्यार्थीको उपस्थितिका लागि प्रत्येक कक्षा कोठामा उपस्थिति बोर्ड समेत राखिएको छ । विद्यालयले यसै बर्षदेखि कक्षा ९ बाट सिभिल इन्जिनियरिङ्गको पठन पाठन समेत सुरु गरेको छ ।
हाल कक्षा ९ को सिभिल इन्जियारिङ्गमा ४८ जना विद्यार्थी अध्यानरत् रहेका छन ।
हाल उनीहरुले अर्धवार्षिक परिक्षा दिइरहेका छन । सिभिल इन्जियरिङ्गको पठन पाठनका लागि झापाका विभिन्न स्थानबाट समेत विद्यार्थीहरु आएको प्रअ निरौलाले बताउनुभयो । देशकै प्रधानमन्त्री समेत उत्पादन गरिसकेको यस विद्यालयले अवका आगामी दिनमा देश निर्माणका लागि सक्षम इन्जिनियरहरु उत्पादन गरेर देश निर्माणका योगदान पुर्याउने लक्ष्य राखेको निरौलाको भनाई छ । २०१४ सालमा स्थापना भएको यस विद्यालयबाट हालका प्रधानमन्त्री केपी शर्मा ओलीले २०२७ सालमा उहाँ सहित ११ जना विद्यार्थीहरु जगतबहादुर राजवंशी, गंगाप्रसाद अधिकारी, मालेस्ताएमा दहाल, टेकनारायण खत्री, बासु पोखरेल, हरिभक्त खड्का, भगिरथ ओली, गुणप्रसाद तिम्सिना र टिकाप्रसाद तिम्सिनालेले एसएलसी परिक्षा उत्तीर्ण गरेको विद्यालयको अभिलेखमा उल्लेख छ । विद्यालयमा २०२१ सालदेखि एलएलसी परिक्षामा विद्यार्थी सामेल हुदै आइरहेको तथ्याङ्ग उल्लेख छ ।
हाल ७ सय ५० जना विद्यार्थी अध्यानरत् यस विद्यालयमा केहि बर्ष पहिलेसम्म विद्यालयको भौतिक तथा शैक्षिक अवस्था ज्यादै नाजुक रहेकोमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार र भुतपुर्व विद्यार्थी समेतको संग्लनतामा जिल्लाकै अन्य क्षेत्रका विद्यार्थीहरुको समेत पहिलो रोजाईको विद्यालय बन्दै गइरहेको कनकाई नगरपालिका वार्ड नम्बर ९ का परिषद सदस्य राजेश आङ्बोहाङ्गले बताउनुभयो । विद्यालयमा शैक्षिक वातावरण र विद्यार्थी हेरचाहका लागि सुरक्षा गार्डको समेत व्यावस्था मिलाइएको छ ।
पुर्ण डिजिटल प्रविधिमा विद्यालयललाई लैजानेक्रममा बैकल्पि उर्जा प्रवन्द्धन केन्द्रले सोलार जडान गरिदिएको छ । उक्त मावि प्रदेशकै पहिलो प्रविधिमैत्री विद्यालय भएको समेत दावी गरिएको छ ।
फोटो ः विद्यार्थीलाई कार्यालयबाटै अनुगमन गर्नुहुदै प्राध्यानाध्यापक धर्मानन्द निरौला र सिभिल इन्जिनियरिङ्गको कक्षा ९ को अर्धबार्षिक परिक्षामा सहभागि बन्दै विद्यार्थीहरु, प्रधानमन्त्रीले अध्यान गरेको आर्दश विद्या मन्दिरको भवन तस्वीर लीलाराज झापाली