Kanakai Online

गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद


बुधवार, पौष ९, २०७६ |

कनकाई अनलाईन
गायक रामकृष्ण ढकाल दम्पत्तिले सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ‘उहाँहरुले सम्बन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गरेका छन्’ उनले भने ‘बादीले अंश नलिने गरी मिलापत्र भएको छ ।’