Kanakai Online

अर्जुनधाराको पोल्टामा कनकाईकपको उपाधि


मङ्गलवार, पौष ८, २०७६ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कपको उपाधि अर्जुनधारा नगरपालिकाले हात पारेको छ ।
मंगलवार आज भएको फाइनल खेलमा बिर्तामोड नगरपालिकालाई ट्राई ब्रेकरमा हराउदै नगद १ लाख ११ हनार १ सय ११ रुपैँया राशी सहितको उपाधि अर्जुनधाराले हात पारेको हो । प्रतियोगितामा दोस्रो हुने बिर्तामोड नगरपालिकाले नगद ५५ हजार ५ सय ५५ रुपैँयामै चित्त बुझायो । खेल अवधिभर गोल रहित बराबरी भएपछि भएको ट्राईब्रेकरमा समेत दुबै टिमको ४—४ को बरावरी भएपछि खेलको निर्णय सड्न डेढमा गरिएको थियो जसमा अर्जुनधारा ५—४ गोल अन्तरले बिजयी भएको हो । बिजयी तथा उपविजयी हुने दुबै टिमलाई प्रदेश सभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना कनकाई नगरपालिकाकी उपाध्यक्ष मन्जु प्रसाई, झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङ लगायातले नगद र ट्रफि हस्तानतरण गर्नुभयो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बिर्तामोडका टिम क्याप्टेन अंकुर तामाङ हुनुभयो । उहाँले नगद ४ हजार र फाइनल खेलको म्यान अफ द म्याच अर्जुनधाराका गोलकिपर संजय गुरुङ हुनुभयो । उहाँले नगद २ हजार रुपैँया पाउनुभयो । प्रतियोगितामा स्वागत आयोजक समितिका खेल संयोजक राजेन्द्र उप्रेती र सभापतित्व आयोजक समितिका अध्यक्ष दुर्गा प्रसाईको रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, कांग्रेसका वरिष्ठ नेता देउमान थेबे लगायातले
प्रतियोगिताको प्रमुख अतिथि प्रदेश नम्बर एकका प्रदेश सभाप्रमुख सोमनाथ अधिकारी प्यासीले खेलकुदको माध्यमबाट देशको पहिचानमात्रै नराखिएर यसको कुटनैतिक महत्वपनि रहने बताउदै यसले देश राष्ट्र र टोलसमेतको सम्बन्धलाई व्यवस्थित गर्ने बताउँनुभयो । उहाँले पहिले खेल खेल्दा छोराछोरी बिग्रिएलानकि भन्ने अवस्था अहिले नरहेको भन्दै अहिले खेल खेल्ने केटाकेटी सहि बाटोमा हिडिरहेको र यसले समाज र देशलाई समेत मार्गदशन गरिरहेको बताउँनुभयो । सोहि कार्यक्रममा पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको प्रवद्धन गरेको भन्दै कनकाई अनलाईन, कनकाई साप्ताहिकका सम्पादक तथा गोरखापत्र दैनिकका संवाददाता लीलाराज झापाली तथा आगन एफ एफमा समाचार वाचक चन्द्र बस्नेतलाई कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेतीले सम्मान गर्नुभयो ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा झापाका ११ पालिकाको सहभागिता रहेको थियो ।
फोटो ः नगद र ट्रफिको साथ बिजयी अर्जुनधारा नगरपालिकाका खेलाडीहरु तस्वीर ः लीलाराज झापाली