Kanakai Online

१० सेकेन्ड थामिन नसक्दा बिर्तामोड बिजयी


सोमवार, मंसिर ३०, २०७६ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको तेस्रो दिन आज सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको छ ।

बिर्तामोडका तर्फबाट खेलको दोस्रो हाफमा सानुका लिम्बु र सनम राईले गोल गर्नुभयो । शिवसताक्षीका तर्फबाट एक गोल मनिस योङहाङले गर्नुभयो । प्रतियोगिताको तीनै गोल दोस्रो हाफमा भएको हो । खेलमा अग्रता भने शिवसताक्षीले बनाएको हो । खेल सकिन केहि सेकेण्ड बाकी रहदा थपिएको समयमा बिर्तामोडले पाएको फाउल प्रहार शिवसताक्षीको गोलपोष्टमा प्रवेश गरेपछि बिर्तामोड बिजयी भएको हो । मंगलवारको खेल हल्दिवारी गाउँपालिका र कमल गाउँपालिकाविच हुने आयोजक कनकाई खखेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले बताउनुभयो । अन्तिम समयमा गोल लगाउने बिर्तामोडका सनम राई म्यान अफ द म्याच हुनुभयो । उहाँले नगद २ हजार रुपैँया पाउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रुपैँया पाउने छन । प्रतियोगिता कनकाई माविको खेल मैदानमा हुदै छ । प्रतियोगिताको प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार झापा गउँपालिकाले प्रायोजन गरेको छ ।
म्यान अफ द म्याच राई नगद र ट्रफि लिदै

सम्बन्धित खबर