Kanakai Online

एक सय ५० कृषकलाई सिम्रिकको व्यावसायिक तालिम


आइतवार, मंसिर २९, २०७६ |

कनकाई अनलाईन
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कनकाई नगरपालिका क्षेत्रका १ सय ५० जना कृषकहरुलाई व्यावसायिक पशुपालन तथा व्यावसायिक तरकारी बाली सम्बन्धि प्राविधिक तालिम प्रदान गरेको छ ।
सहकारीको तालिम विभागको आयोजनामा सुरुङ्गामा भएको तालिममा पशुपालन तर्फ पशुप्राविधिक बिष्णु भट्टराई र कृषि तरकारीवाली तर्फ गणेशप्रसाद सुवेदीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिममा सहभागिलाई कृषि विमा , बजारीकरण पशु तथा तरकारीमा लाग्ने रोग , खोर निर्माण, घाँस दानाको छनौट र निर्वाहमुखी खेती पशुपालन छाडि व्यावसायी कसरी बन्ने लगायातका विषयमा तालिम प्रदान गरिएको तालिममा सहभागिलाई सहकारीले आवश्यक परेमा ऋण समेत लगानी गरिने सिम्रिक बचत साकोसका कमलबहादुर बस्नेतले बताउनुभयो । यसैविच सिम्रिक बचतले आफ्ना सुरुङ्गा सेवाकेन्द्रका सदस्यहरुको विभिन्न समयमा भएका घटनाका आधारमा राहत रकम समेत प्रदान गरेको छ । जसमा अर्जुन उप्रेतीको छोरीको उपचारका लागि ३०५ रुपैँया, जुना राईको देवरको उपचारका लागि १० हजार ३२ रुपैँया, अमृतामाया राईको छोराको उपचारका लागि १० हजार ३२ रुपैँया, मुना राईको आमाको उपचारका लागि ८ हजार ७ सय ५० रुपैँया, सुजीना राईको आमाको उपचारका लागि ८ हजार ७ सय ५०, सन्जुमाया राईको छोराको अप्रेशनका लागि ८ हजार ५ सय ३१ रुपैँया, मुकेशकुमार चौधरीको उपचारका लागि १५ हजार रुपैँया, अमिक्षा अधिकारीको उपचारका लागि ७ हजार ५ सय रुपैँया, रघुनाथ भट्टराईको बुहारीको उपचारका लागि १२ हजार ५ सय, गणेशप्रसाद भट्टराईको श्रीमतीको उपचारका लागि १२ हजार ५ सय, मैसरीमाया विकको छोराको उपचारका लागि ६ हजार २ सय ५० रुपैँया प्रदान गरिएको थियो । कार्यक्रम शिक्षा समिति संयोजक गणेशप्रसाद सुवेदीको सभापत्वि एवम् सिम्रिकका अध्यक्ष कमल बहादुर बस्नेतको प्रमुख आतिथ्यता पुर्णबहादुर बिष्टको आतिथ्यता तथा विजय बस्नेतको संचालनमा भएको थियो ।