कनकाई अनलाईन
तत्कालिन पंचायती शासकद्धारा हत्या गरिएका शहिद लक्ष्मी पाण्डेको स्मृति सभा कनकाई नगरपालिका ४ इलुवावारीमा गरिएको छ ।
भारतको मेघालयमा नेपालीभाषिमाथि भएको प्रहरी दमनको विरोधमा २०४४ सालमा नेपालमा नेपाली विद्यार्थीहरुले झापामा गरेको विरोध प्रदर्शनमा झापाको कनकाई नदिकिनारामा नेपाल प्रहरीले पाण्डेलाई छात्तीमा ताकेर गोली हान्दा पाण्डेको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसपछि झापाली भुमिमा आन्दोलन थप चर्केको थियो । पाण्डेले सहादत गरेको वार्डमा शहिद पाण्डेको सालिक निर्माण गरिएको छ । सोही स्मृति सभामा पाण्डेकी माता मायादेवि पाण्डेलाई सम्मान गरिएको छ ।
अनेरास्ववियुका केन्द्रिय सहसंयोजक रन्जित तामाङ्ग, संघिय सांसद एलपि साँबा लिम्बु, प्रदेशसभा सदस्य हिराकुमार थापा अनेरास्ववियुका केन्द्रीय नेताहरु सुरेन्द्र बस्नेत, मदन भट्टराई नेकपा जिल्ल सचिव मणिकुमार साम्पाङ्ग, नेकपा कनकाई नगर अध्यक्ष रविन्द्र लम्साल लगायातका विद्यार्थी नेताले सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङ्गले शहिदको रगत खेर जान नदिने बताउँनुभयो । त्यसवेलादेखि हालसम्म पनि भारतीय शासकले नेपाललाई कमजोर ठानिरहेको र सिमाना मिचिरहेको भन्दै यसको हिसाव बिद्यार्थीले लिने बताउनुभयो । बिद्यार्थी नेता तामाङ्गले आगामी फागुन १४ गते कुनैपनि हालतमा स्ववियुको निर्वाचन भएरै छाड्ने भन्दै यसका लागि तयारी हुन सबैलाई आग्रह गर्नुभयो ।
नेविसंघ हाल भंग भएको कारणले निर्वाचन नहुनेहोकि भन्ने आशंका रहेपनि अनेरास्ववियुको बलमा निर्वाचन भएरै छाड्ने दावी तामाङ्गले गर्नुभयो ।
नेपाल भ्रमण बर्ष २०२० सफल पार्न पनि सबै देशभरका विद्यार्थी परिचालन गरिने तामाङ्गले बताउँनुभयो । यसैविच शहिद लक्ष्मी पाण्डेको स्मृति दिवशको अवशर पारेर नेकपा क्षेत्र नम्बर ४ को आयोजनामा पाण्डेले सहादत प्राप्त गरेको कनकाई नदि आसपासको दुबैतर्फको क्षेत्रमा सरसफाई गरिएको छ । सोही अवशरमा कनकाईका अर्का शहिद डिल्ली गौतमकी मातालाई सम्मान गर्नको साथै द भ्वाईस अफ नेपालका उत्कृष्ट प्रतियोगि विकास लिम्बुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम अनेरास्ववियुका जिल्ला अध्यक्ष मनोज ताम्लीको संचालन कोषाध्यक्ष नविन राईको स्वागत तथा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।