Kanakai Online

बेनुवाजामा खेलकुद कार्यक्रम


शनिवार, मंसिर २८, २०७६ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ स्थित बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो स्थापनाको १९ औ बर्षको उपलक्ष्यमा विद्यालय तथा खुल्ला खेलकुद प्रतियोगिता गरि मनाएको छ ।
साता व्यापि कार्यक्रम गर्ने क्रममा विद्यालयले खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको छ । राष्ट्रिय खेल समेत रहेको भलिवल प्रतियोगितामा स्थानीय ९ टिमको सहभागिता रहेको थियो ।
जसमा नमुना युवा परिवारको भलिवल टिमले बिजयी प्राप्त गर्दै नगद ९ हजार रुपैँया हात पार्यो भने लालपानी बजार दोस्रो हुदै नगद ६ हजार रुपैँयामै चित्त बुझायो ।

बिजयी तथा उपविजयी खेलाडीलाई विद्यालयका संस्थापक पिन्सिपल बिरेन्द्रबहादुर खड्काले नगद शिल्ड तथा ट्रफि प्रदान गर्नुभयो । यसैविच विद्यालयले विद्यार्थीहरुका विच विभिन्न प्रकारका खेलकुद हरु भलिवल, रनिङ, अभिवाभकविक म्युजिकल चियर , विद्यार्थीविच चकलेट दौड, डोरी तान्ने , बेलुन फुटाउने लगायातका खेलकुदहरु सम्पन्न गरिएको छ । खेलमा बिजयी सबै खेलाडीहरुलाई विद्यालयका पिन्सिपल बिनोद सुब्बा , विद्यालयका संस्थापक तथा विद्यालय व्यावस्थापन समिति अध्यक्ष प्रेमप्रसाद बिमली , पिटिए अध्यक्ष दिपक ढुङ्गेल, विद्यालयका सहायक प्रअ जीवन ढकाल विद्यालयका शिक्षक रघुनाथ तिम्सिना लगायातले पुरस्कार वितरण गर्नुभएको थियो ।
कनकाई नगरपालिका ५ बेनुबाजामा २०५७ सालमा स्थापना गरिएको सो विद्यालयमा हाल ४ सय जना विद्यार्थी अध्यानरत् रहेका छन ।

विद्यालयमा हालसम्म विद्यार्थीले दोस्रो ब्याजको एसइई परिक्षा लेखिसकेको र दक्षिणी भेगमा रहेका अभिभावकहरुले कम्तिमा गुणस्तरीय शिक्षाकै कारण टाडाको यात्रा गर्न नपर्ने गरिको विद्यालयले शैक्षिक वातावरण बनाउदै लगेको विद्यालयका पिन्सिपल बिनोद ,सुब्बाले बताउनुभयो ।