कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा चौथो कनकाई नगर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ ।
झापाका ११ पालिकाविच हुने प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिका बिजयी भएको छ । अर्को टिम बुद्धशान्ति गाउँपालिकाको टिम नआएपछि आयोजक कनकाई नगरपालिका वाक ओभर पाएर बिजयी भएको हो ।
प्रतियोगिताको आइतवारको दोस्रो खेल गौरीगंज गाउँपालिका र बाह्रदशी गाउँपालिकाविच हुने आयोजक समितिका खेल संयोजक राजेन्द्र उप्रेतीले बताउनुभयो । प्रतियोगिताको प्रदेशसभा सांसद हिराकुमार थापा जिल्ल समन्वय समितिका सभापति सोमनाथ पोर्तेल, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा , लगायातले उदघाटन गर्नुभयो । प्रतियोगितामा बिजयी तथा उपविजयी हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ र ५१ हजार १ सय ११ रुपैँया पाउनेछन ।
खेल पहिले भएको कनकाई र शिवसताक्षी भेट्रान क्लव विचको मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । यसैविच शनिवारै भएको कनकाई नगरपालिका र साविक बिजेता झापा गाउँ पालिकाविच भएको मैत्रीपुण खेलमा पनि गोल रहित बराबरीमा सकिएको छ ।
कार्यक्रम उद्घाटन गदैँ प्रदेश सांसद हिराकुमार थापाले सरकारले कम्तीमा पनि एक पालिका एक रङ्गशाला निर्माणको थालनी गरिसकिएको र कनकाईको ४ नम्बर वार्ड कनकाई बहुमुखी क्याम्पस पछाडिको जमिनलाई रङ्गशालाको रुपमा विकास गर्नका लागि हरेक बर्ष प्रदेश सरकारबाट बजेट विनियोजित गर्दै लगेको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलले खेल क्षेत्रले देशको पर्यटन विकास मात्रै नभएर शारिरीक मानसिक र राष्ट्रिय गौरव वढाउने बताउनुभयो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईका युवालाई खेलको माध्यमबाट अगाडि वढ्न अवशर प्रदान गरिने घोषणा गर्नुभयो । कार्यक्रममा नेकपाका नेता कृष्ण खतिवडा, खेलप्रेमी शिव कडेँल लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईको सभापतित्व तथा कोषाध्यष विनोद उप्रेतीको संचालनमा भएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार साविक बिजेता झापा गाउँपालिकाले प्रायोजन गरेको हो ।