Kanakai Online

याम गिरीलाई ८ दिन म्याद थप


बुधवार, मंसिर २५, २०७६ |

कनकाई अनलाईन
विप्लप नेतृत्वको माओवादीका मेचीनगर इन्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई जिल्ला अदालत झापापक्राउ परेको मितिबाट लागु हुनेगरि ८ दिन म्याद थप गरिएको छ ।
गत मंसिर २० गते बिहिवार काठमाण्डौ महानगरपालिका २४ बाट पक्राउ परेका झापा शिवसताक्षी नगरपालिका ४ घर भएका गिरीलाई काठमाण्डौबाट झापा इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

गिरीमाथि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको केन्द्रिय कार्यालयमा बम बिष्फोट गराएको , बिर्तामोड नगरपालिका ७,८ र ९ नम्बरको सयुक्त वडाकार्यालयमा बम विष्फोट गराएको , अर्जुनधारा नगरपालिका १० मा रहेको एनसेलको टावरमा आगजनि गरी क्षति पुर्याएको, अर्जुनधारा ३ शान्तिटोलमा ठुलो मात्रामा बारुदजन्य पदार्थ भण्डारण गरि राखेको आरोप छ ।