कनकाई अनलाईन
फक्ताङलुङ एजुकेशन फाउण्डेशन कनकाई नगरपालिका ७ दुर्गापुरका बिद्यार्थीहरु २२ औ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई भारतको सिएमएस स्कुल लखनाउ बाट फर्किएका छन ।
बिद्यार्थी गुणीय चक्र सम्मेलनका लागि फक्ताङलुङका ५ जना बिद्यार्थीहरु लखनाउ प्रस्तान थिए । सम्मेलन नेभेम्बर २७ गतेदेखि ३० तारिकसम्म भएको थियो । सम्मेलनमा हुने केश स्टरी , क्वीज प्रतियोगिता, कोलाज लगायातका कार्यक्रमका लागि बिद्यार्थीहरु सुमित लिम्बु, ओशन नेम्बाङ, ममता गौतम, अपिसरा लिम्बु,मेलिहाङ लिम्बु र शिक्षक प्रतिनिधिका रुपमा विद्यालयका पिन्सिपल ओमविक्रम नेम्बाङ समेत जानुभएको हो ।
यस प्रकारको विद्यार्थीको सहभागिताले दुई देशविचको शैक्षिक वातावरण र अवशरका वारेमा बुझ्न मद्धत मिलेको विद्यालयका पिन्सिपल नेम्बाङले बताउनुभयो । त्यहाँ फक्तालुडका बिद्यार्थीहरुले हाम्रो चलन नामक सडक नाटक समेत प्रस्तुत गरेका थिए । भिमा खतिवडाको निर्देशनमा रहेको सो नाटकको कथा लक्ष्मी अधिकारीको रहेको थियो ।
बर्तमान समयको कुरुती र अन्धविश्वासमा आधारित सो सडक नाटकमा बिद्यालयका कक्षा ८, ९ र १० का बिद्यार्थीहहरुको सहभागिता रहेको थियो । आइएसए प्रोजेक्ट अन्र्तगत रहेको सो सम्मेलन बिट्ीस काउन्सिलद्धारा प्रदान गरिएको हो । यसैविच फक्तालुङ्गका विद्यार्थीलाई अन्तराष्ट्रिय जुडान अबार्ड बाट सम्मानित समेत गरिएको थियो । कार्यक्रम भारत लखनउको सिटी मन्टेश्वरी स्कुलमा भएको थियो ।