Kanakai Online

अन्तर्राष्ट्रिय अपांग दिवसमा पुकारका अपांगलाई सहयोग


शुक्रवार, मंसिर २०, २०७६ |

सिएम शर्मा
लायन्स क्लव अफ बिर्तामोड लेडीको आयोजनामा आफ्नो साप्ताहिक कार्यक्रम अन्तर्गत मंगलबार कनकाइ नगरपालिका ४ स्थित पुकार अपाङ्ग असक्त समाजका वालवालिकालाई नगद ,न्यानो कपडा र पानीको टंकी सहयोग भएको छ ।
अन्तर्राष्ट्रिय अपांग दिवसको अवसर पारेर लायन्स क्लब अफ विर्तामोड लेडिको कार्य समिति सदस्य तथा कार्यक्रम संयोजक कान्ता दाहालले आफ्ना सम्पूर्ण दिवंगत पितृहरुको सम्झनामा न्यानो कपडा र पानीको टंकी क्लब द्वरा आयोजित अौपचारि कार्यक्रममा समाजलाई हस्तान्तरण गरेकी छन ।
हाल अस्ट्रेलिया रहेका कान्ताका छोरा आकाश दिप शुनुवारले आफ्नो कमाईबाट पठाएको नगद दस हजार रुपया पनि सोही अवसरमा कान्ताले समाजलाई हस्तान्तरण गरेकी छन ।
सामाजिक सेवामा अग्रसर जीवन विद्या स्मृति प्रतिष्ठान बुद्ध शान्ति ले पनि समाजलाई नगद दस हजार सहयोग गरेको छ । संस्था कि अध्यक्ष निशा श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन । त्यसैगरी समाज सेवि र लायन्स कै सदस्य हरुवाट साबुन , र खाद्य समाग्रि समेत सहयोग भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई नगर पालिका वडा नं । ४ का अध्यक्ष गोविन्द पौडेल , अतिथि हरु लायन्स एरिया ए का एरिया चिफ लिला चिमरिया , कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलि र सोही वनकी सचिव मान्ता खरेल , लगायते सहयोगी मनको प्रसंशा गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल , वजार ब्यवस्थापन समिति सुरुङ्गाका अध्यक्ष देवि खरेल , अपांग समाजका सचिव गोविन्द सुवेदी , तारा कोईराला , शिवहरि मैनाली , रवि भट्टराइ , लगायतको उपस्थिति रहेको कार्यक्रममा समाजकी अध्यक्ष निर्मला ओझाले उपस्थित सबैलाई स्वागत गर्दै असक्त , अपाङ्ग वालवालिका का लागि गरिएको सहयोग प्रति आभार ब्यक्त गरेकी थिइन । लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला बिमली खरेल को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मनिषा बिमलिले गरेकि थिईन ।
हालैमात्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक कठ्ठा जमिन दिएपछि एनएनबी बैँकले २५ लाखको लागतमा आवाश बनाइदिएको पुकार अपांग , अशक्त समाजलाई सहयोगको हातहरु अगाडि वडे संगै
मंगलबार नै सगरमागथा टिन्स क्लबले पनि पुकारका अशक्त , अपांगता भएका बाल बालिकालाई न्यानो कपडा र खाद्यान्न सामग्री वितरण गरेको छ ।
न्युटन्स् एजुकेसन एकेडेमी बिर्तामोडको सगरमागथा टिन्स क्लबले ूम अघि बढ्छुू कार्यक्रम अन्तरगत बिद्यार्थी लाई सामाजिक सेवामा अगाडि बड्न प्रेरित गर्दै अन्तर्राष्ट्रिय अपांग दिवसको अवसर पारेर बिद्यार्थी बाटै संकलन भएको रकमबाट उक्त सहयोग सामाग्री सहयोग बितरण गरिएको न्युटन्स एकेडेमीकि शिक्षिका मिनु शिवाकोटीले वताएकी छन ।